काभ्रे – जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकको आयोजना र कोअपरेटिभ मेनेजर्स क्लव काभ्रेपलाञ्चोकको ब्यवस्थापनमा “संकट न्यूनीकरणका लागि सहकारी मान्यता र मापदण्डाको पूनरावृत्ति’’ विषयक १ दिने गोष्ठी सम्पन्न भएको छ । सहकारी संस्थाहरुको खस्कदो छवीलाई सुधार गर्न वर्तमान अवस्थामा नेतृत्व र ब्यवस्थापनको भूमिकाहरुको बारेमा स्पष्ट पार्ने र समग्र काभ्रेको सहकारी अभियानलाई सुदृढ बनाउने उद्देश्यले आयोजित गोष्ठीको सभापतित्व संघका अध्यक्ष दिलिप शर्माले गर्नुभएको थियो भने भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री श्री राजेन्द्र कुमार राईज्यूको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बी. बस्नेतको विशिष्ट आतिथ्यता रहेको थियो भने प्रदेश सहकारी मन्त्रालयका सचिव बलराम निरौला, प्रदेश सहकारी रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली, स्थिरिकरण कोषका सञ्चालक प्रकाश बन्जारा, बागमति प्रोस्कुनका अध्यक्ष उद्दव सापकोटा, म्यानेजर्स क्लवका अध्यक्ष मदन बस्नेत लगायत विषयगत जिल्ला संघका प्रतिनिधिहरु, संघका सल्लाहकारहरुको आतिथ्यतामा उद्घाटन शत्र सम्पन्न भएको थियो । कार्यक्रममा ७२ वटा सहकारी संस्थाका १०० जना सहभागीहरुको सक्रिय तथा उल्लेख्य सहभागीता रहेको थियो ।
कार्यक्रमको उद्घाटन शत्रमा मन्तब्य राख्दै माननीय मन्त्री राजेन्द्र कुमार राईले सहकारीले गाउँगाउँको वित्तीय समस्या टारेको छ, सहकारी राज्यको आर्थिक संरचनाको एक अभिन्न अंग हो जसले प्रत्येक सदस्यलाई अभिन्न अंग मानेर एकले अर्काको लागि सहयोग र सद्भाव राखिरहेको हुन्छ, देशको अर्थतन्त्रमा सहकारीको अहमं महत्व र भूमिका रहेको कुरालाई नकार्न सकिन्न, सहकारीकर्मीहरुलाई म नेपाल सरकारको तर्फबाट सेलुट गर्न चाहन्छु भन्दै हाम्रो बानी भाषण धेरै गर्ने र काम कम गर्ने छ यसलाई सुधार गर्दै काम धेरै गर्ने र भाषण कम गर्ने बानीमा परिणत गर्दै परिणाममूखि कार्य गर्दै समग्र अभियानको विकास गर्नतर्फ अग्रसर हुनुपर्छ साथै काभ्रेको सहकारी अभियान देशभरिकै नमूना सहकारी अभियान बन्न सकोस् । राज्य र मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुनेछ भन्ने प्रतिबद्धता सहितको मन्तब्य राख्नु भयो ।
उद्घाटन शत्रमा मन्तब्य राख्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बि. बस्नेतले सहकारी संघ÷संस्थाका कार्यक्रमहरुको उद्घाटन सत्र ४५ मिनेट भन्दा बढी नराख्न महासंघले कार्यविधि जारी गरेको साथै भाषणमा भन्दा पनि विषयवस्तुमा बढी समय छलफल गर्न सुझाव दिनु भयो । सहकारी संस्थाहरुको वर्तमान समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा महासंघले कार्यक्रम तथा छलफलहरु चलाईरहेको जानकारी गराउँदै चरणबद्ध रुपमा महासंघले आवाज उठाईरहेको जानकारी गराउनु भयो । पहिलो चरणमा वित्तीय सहकारीको तत्कालको समस्या समाधान गर्न सन्दर्भ ब्याजदर स्वचालित बनाउनु पर्ने, दोस्रो चरणमा कर्जा सूचना केन्द्र सञ्चालन गर्नुपर्ने र तेस्रो चरणमा सहकारी प्रबद्र्धन कोष बापत राज्यले संकलन गरेको रकम सहकारी महासंघ तथा संघलाई कार्यविधि बमोजिम वितरण गर्नुपर्ने तब मात्र सहकारी संस्थाहरुको अवस्था सुधार हुन्छ भन्नुभयो । राज्यले राष्ट्रबैंक मार्फत सहकारी संस्थाको अनुगमन गर्ने कुराको अभियानकर्मी स्वागत गर्दछौं । अनुगमनबाट हामी डराएका छैनौं तर सहकारी सिध्याउने नीति ल्याउन पाईदैन भन्दै मन्तब्य राख्नुभयो ।
जिल्लाको सहकारी अभियानको शुरुवात देखि हालसम्मको अवस्था, संघले सञ्चालन गरिरहेका गतिविधिहरु, संघको वर्तमान अवस्था, यस गोष्ठी कार्यक्रम गर्नुको उद्देश्य र कार्यक्रमको आवश्यकताको बारेमा प्रष्ट्याउदै संघका अध्यक्ष दिलिप शर्माले कार्यक्रमको थिम प्रस्तुती गर्नुभएको थियो ।
गोष्ठीमा साविक बागमति प्रदेश भूमि ब्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयका सचिव बलराम निरौलाले सहकारी अनुगमन र नियमनमा साझा भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसैगरी सहकारी विज्ञ डा. शिवजी सापकोटाले सहकारीको विद्यमान अवस्था र आगामी कार्यदिशाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो र राष्ट्रिय सहकारी बैंकका कार्यक्रम अधिकृत बल्लभ तिमल्सिनाले सहकारीमा संकट ब्यवस्थापन विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । छुट्टा छुट्टै कार्यपत्रहरुमा सहभागीहरुले अन्र्तक्रिया गर्दै सहकारी संघ संस्था र अभियान सुदृढिकरण गर्ने प्रतिबद्धता गर्दै गोष्ठीको समापन संघका अध्यक्ष दिलिप शर्माले गर्नुभयो ।
गोष्ठी कार्यक्रमको उद्घाटन सत्रको सभापतित्व संघका अध्यक्ष दिलिप शर्माले गर्नुभएको थियो भने स्वागत मन्तब्य संघका उपाध्यक्ष अमन पोटेले राख्नुभएको थियो । उद्घाटन सत्रको कार्यक्रम सञ्चालन संघका सञ्चालक ठाकुरनाथ अधिकारीले गर्नुभएको थियो भने दोस्रो सत्रको कार्यक्रम सञ्चालन म्यानेजर्स क्लवका उपाध्यक्ष श्री गोपाल दाहालले गर्नु भएको थियो । जिल्ला सहकारी संघको आयोजना र म्यानेजर्स क्लवको ब्यवस्थापनमा गत असार ५ र ६ गते जिल्लामा सञ्चालित सहकारी संस्थाहरुको ब्यवस्थापन प्रमुखहरुको गोष्ठी कार्यक्रम आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..