काठमाण्डौ । समाजमा रहेको व्यापक भ्रष्टाचार व्यथिति र अव्यवस्थित प्रकृयालाई जरैबाट उखेलेर फाल्न पर्छ भन्ने मान्यता राखेर गठन भएको “सचेतना नागरिक संस्था” नेपालले अब स्थानिय तहमा स्थानिय जनतालाई करदाता सचेतना शिक्षा तालिम कार्यक्रममा तारकेश्वर नगरपालिका सग मिलेर काम गर्ने भएको छ ।

यस भन्दा अगाडि विभिन्न समाज सेवाको काम गर्दै आएको यो संस्थाले केही हप्ता अगाडि वरिष्ठ घाँसे लोक गायक दलबहादुर डङ्गोलको श्रद्धाञ्जली सभामा समेत हातेमालो गरेको थियो । संस्थाले समाजको बिकृती र विसंगतिको बारेमा सधै आवाज उठाउँदै आइरहेको छ । करदाता सचेतना शिक्षा करदाता हरुलाई कसरी सहि तरिकाले कर तिर्ने र आफ्नो व्यवसाय लगायत अन्य कुराहरुमा पनि नगरपालिका संग हातेमालो गर्ने कुरा हरुलाई प्रथमिकतामा राखिने कुरा सचेतना नागरिक संस्था नेपालका अध्यक्ष दिपु उप्रेतीले बताएका छन् ।

तालिम दिने संस्थाहरुमा आन्तरिक राजस्व कार्यालय बालाजु घरेलु तथा साना उधोग बिभाग काठमाडौ राजस्व शाखा तार्केश्वर नगरपालिका छन् । कार्यक्रम २०८१ जेष्ठ २६ गते सनिबारको दिन टुशल मल्टिभेनु तारकेश्वर ८ मा हुने हुँदा सम्पुर्ण तारकेश्वर बासी लगायत सुभचिन्तक हरुमा हार्दिक निमन्त्रणा समेत गर्दछ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly