काभ्रेपलान्चोक – पढ्दै कमाउदै कार्यक्रमको लागि छनाेट भएकाे विद्यालयले कार्य शुरु गरेकाे छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमको लागि विद्यालय छनोटमा परेकाे नमाेबुद्ध नगरपालिका वडा नं ४ मा रहेकाे श्री जनक माध्यमिकले कार्य थालनी गरेको छ । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउदै कार्यक्रमका लागि विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा श्री जनक माध्यमिक विद्यालय साे कार्यक्रममा छनाेटमा परेकाे थियाे ।

सो कार्यक्रमका लागि देशभरबाट जम्मा १४० विद्यालय छनोट गरिएको छ । छनोटका परेका  विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि, २०७८ ले व्यवस्था गरेका कृषि, पशु, वायरिङ, जडिबुट्टी खेती लगायतका कार्यक्रम सञ्चालन गर्न पाउने केन्द्रद्वारा निर्देशन बमाेजिम २२ जना विद्यार्थीलाई बाख्रा, समुहगत रुपमा खेति गर्न विभिन्न समुह बनाई दस समुहलाई माैरिकाे घार, दस समुहलाई अदुवा साथै धेउसि भैलाे छत्रवृति काेषबाट जेहेन्दार र विपन्न ४० जना विद्यार्थिहरुलाई छात्रवृत्ति वितरण गरेकाेछ । बाख्राकाे विमा, अदुवाकाे लागि खेत तथा माैरि तथा अन्यका लागि आवश्यक प्राविधिक सहयाेग विद्यालयले उपलब्ध गराउने, आवेदनका आधारमा हाल वितरण गरेतापनि आवश्यकता र लक्षित वर्गका आधारमा थप कार्यक्रम ल्याउने तयारी रहेकाे प्रधानाध्यापक श्री प्रदिप पाेख्रेलले जानकारि गराउनुभएकाे भयाे ।

नगरपालिकाका प्रशासकिय अधिकृत श्री शिव लम्साल, नगरपालिकका सस्थापक मेयर श्री टिपि लिमल्सिना तथा अन्य सामाजिक र शिक्षाप्रेमि, अवभिभावकहरुकाे उपस्थीत रहनुभएकाे कार्यक्रममा प्राविधिक धार तर्फका संयाेजक प्रकाश सत्यालले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने विद्यालय संयाेजक श्री हरिहर अधिकारिले सञ्चालन गर्नु भएकाे थियाे । विद्यालय नेपाल सरकारकाे मनुना विद्यालयमा छनाेट परेकाे छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..