
प्रहरीका अनुसार, गैँडाकोट नगरपालिका–५ बुद्धमार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ग१ख ६६०५ नम्बरको ट्रकले ८२ वर्षीय यमनाथ पौडेललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पौडेललाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्।
बिज्ञापन





