काभ्रेपलान्चोक – पछिल्लो समय बनेपा नगरपालिकाको गतिविधि निकै बढेको छ । नगरले बिकास निर्माणको काम देखी लिएर नगर भित्रका मनिसहरु लाई दक्ष बनाउनको लागि सीप मुलक तालिम पनि दिदै आएको छ ।

बनेपा नगरपालिका वडा नं. ४ काे आयाेजना तथा बनेपा नगरपालिकाकाे सहयाेगमा वडाका महिलाहरु लाई अचार बनाउने तालिम दिएको छ। 

उक्त ४ नं. वडाका महिलाहरुले अचार बनाउने तालिम लिएका छन् ।आज तालिम समापन कार्यक्रममा उप-प्रमुख रेखा सापकाेटा दाहालले तालिममा सहभागिहरूलाई प्रमाण पत्र वितरण गर्नु भएकाे थियाे । कार्यक्रममा वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, कार्यपालिका सदस्य ज्याेति बोगटी, उमा बैध, अम्बिका प्रजापति, वडा सचिब नरेन्द्रभत्त पाेटे वडा सदस्यहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly