काभ्रेपलान्चोक – मन्जुश्री अशाहय संरक्षण केन्द्रको आयोजन तथा वरिष्ठ समाजसेवी राजु कार्की एंड फेमिलीको प्रायोजनमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंको आरति पार्टी प्यालेस माछापोखरीमा भएको उक्त कार्यक्रममा तारकेश्वोर नगरपालिकाको नगर उप – प्रमुख सृजना बुर्लाकोटी ‘अर्याल’ प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यसैगरि बिशिस्ट अतिथिहरुमा सामाजिक व्यक्तित्व सङिता भट्टराई, समुन्नत महिला मन्च अध्यक्ष साेमा खत्रि, मन्जुश्री असहाय केन्द्र काठमाडौँ शाखाकी अध्यक्ष मिना वस्नेतको सभापति रहेको थियो। तेसैगरी मन्जुश्री अशाहय संरक्षण केन्द्रको संस्थापक केन्द्रीय अध्यक्ष मन्जु खाड, लालितपुर शाखा अध्यक्ष बेबीराज भण्डारी तथा पधादिकारी, केन्द्रीय सल्लाहकार रज्जु रन्जितकार, जानुका सिंह राठाेर, बागमति प्रदेश सल्लाहकार सावित्री पाैडेल, काठमाडौँ शाखाको पधादिकारीहरु , समाजसेवी तथा संस्थाको प्रेस सल्लाहकार राजन थापा, पत्रकार राजन खरेल, मायालु लामा, सन्तोष तिवारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नयाँ सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै संस्थालाई विशेष रुपामा सहयोग गर्नुहुने संस्थाको सलाहकार तथा बरिष्ठ समाजसेवी राजुकार्की, काठमाडौँ शाखाको महासचिव कमला अधिकारि, मन्जुश्री अशाहय संरक्षण केन्द्र प्रदेश न.२ संमयाेजक सुमित्रा अधिकारी पाैडेललाई सम्मान गरिनुका साथै संस्थाका पधाधिकारी मन्जु खाड, मिना वस्नेत तथा राजन थापा लाई मायाको चिनो प्रदान गरिएको थियो।

महिलाहरुको नजिकिदै गरेको हरितालिका तीज बिशेष कार्यक्रमको अवसर जुटाई खुशी साटासाट गर्ने मौका दिनु भएकोमा वरिष्ठ समाजसेवी राजुकार्कीलाई प्रमुख अतिथिका साथै विशेष अतिथिहरुले प्रसंशा गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..