

बनेपा । संकल्प कलेज बनेपाले बिआइटिएम (BITM) र बिएचएम (BHM) कार्यक्रमअन्तर्गत भर्ना भएका नयाँ विद्यार्थीहरूलाई एक विशेष कार्यक्रममार्फत स्वागत गरेको छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. डिल्ली राज शर्माले प्रमुख अतिथिका रूपमा विद्यार्थीहरूलाई स्वागत गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई अध्ययनमा विशेष ध्यान दिन आग्रह गर्दै सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप विकासमा जोड दिनुपर्ने बताउनुभयो।


डा. शर्माले प्रविधि र एआईको तीव्र विकास भइरहेको वर्तमान समयमा विद्यार्थीहरूको सिकाइ कमजोर बन्दै गएको उल्लेख गर्दै प्रविधिको भरपुर सदुपयोग गरी अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, बिआइटिएम र बिएचएम विषयमा अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य उज्ज्वल रहेको उहाँको भनाइ थियो।
कार्यक्रम कलेज सञ्चालक समिति अध्यक्ष भेषराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य कलेज प्रमुख सूर्यबहादुर बस्नेतले राख्नुभएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


