बनेपा स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १३ औँ वार्षिक साधारण सभाले पूनः कृष्णलाल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार सम्पन्न साधारण सभाले उपाध्यक्ष विकास श्रेष्ठ, सचिव इश्वर कुमार श्रेष्ठ, कोषाध्यक्ष भिम प्रसाद ढकाल, त्यस्तै गरी सञ्चालक सदस्यहरु होमनाथ बजगाइ, मिनु राजवहाक श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ र बाबु काजी श्रेष्ठ रहनु भएको छ । लेखा सुपरीवेक्षण समिति संयोजकमा विकासकुमार श्रेष्ठ, सदस्यहरु सुमन कृष्ण कायस्थ र राजेन्द्र पोटे रहनु भएको छ । संस्थाका कानुनी सल्लाहकार रमेश प्रसाद हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी सदस्य उषा पठकले गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हुमागाईले सहकारी क्षेत्रको विकासले संस्थामा आवद्ध रहेका शेयर सदस्यहरुको जीवनमा सकारात्मक आर्थिक परिवर्तन ल्याउन सकेको भए पनि द्रुत गतिमा भने विकास हुन अझै बाँकी रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव इश्वर कुमार श्रेष्ठले प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष भिम प्रसाद ढकालले आ.व. ०७८/०७९ लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । २ हजार ५ सय ९० शेयर सदस्यबाट २ करोड २४ लाख ३८ हजार ८ सय शेयर पुँजी संकलन गरेको छ । संस्थाको विभिन्न जगेडा कोषमा गरी १७ करोड ४८ लाख ७८ हजार १ सय ४३ रहेको छ । १३ करोड २१ लाख ८ सय ३६ ऋण लगानी गरी २ करोड ३० लाख ३४ हजार १ सय ३५ आम्दानी गरेको छ । कर अगाडीको नाफा ३५ लाख ९८ हजार ३ सय ९६ रहेको छ । संस्थाका सल्लाहकार राजकुमार पराजुलीले बोल्नु भएको थियो । कार्यक्रममा निर्वाचन उपसमितिका संयोजक एवं जिल्ला बचत संघ काभ्रेका उपाध्यक्ष सागरनाथ कपाली, त्यस्तै गरी सञ्चालक रमेश प्रसाद न्यौपाने , सहायक निर्वाचन अधिकृतको रुपमा कार्यगरी निर्वाचन परिणामको घोषणा सहित प्रमाण पत्र प्रदान गरिएको थियो । संस्थाका प्रवन्धक रोहिष कायस्थले स्वणर्लक्ष्मी साकोसले नीति विधि प्रविधिको प्रयोग गरी शेयर सदस्यहरुको जीवनमा आर्थिक परिवर्तन ल्याउनुका साथै स्वरोजगारको श्रृजनामा भूमिका खेलेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly