नेपाल–भारत सम्बन्ध र प्रवासी सरोकारमा प्रचण्डको दिल्ली यात्रा

# नेपाल–भारत सम्बन्ध र प्रवासी सरोकारमा प्रचण्डको दिल्ली यात्रा
काभ्रे प्रेस
काभ्रे प्रेस || आइतबार, पुष २०, २०८२
नेपाल–भारत सम्बन्ध र प्रवासी सरोकारमा प्रचण्डको दिल्ली यात्रा

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणबाट फर्किएको दुई साता नबित्दै दाहालको दिल्ली यात्रा भएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

नेकपानिकट नेपाली समाज भारतको आयोजनामा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन दाहाल नयाँदिल्ली गएको उहाँको सचिवालयले जनाएको छ। यद्यपि, औपचारिक कार्यक्रमभन्दा बाहिर पनि यस भ्रमणलाई राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ।

बिज्ञापन
दिल्ली प्रस्थान गर्नुअघि आजै दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। उक्त भेटलाई पनि दाहालको भारत भ्रमणसँग जोडेर हेरिएको छ।

दिल्लीमा रहँदा प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्त्वबारे सोमबार आयोजना हुने कार्यक्रममा धारणा राख्ने सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up