काभ्रेपलान्चोक – रक्त दान जीवन दान भन्ने नाराका साथ शनिबार नेपाल सितोरियो कराते संघ काभ्रेपलान्चोक शाखाले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । बनेपा तिनदोबाटो नेपाल टेलिकमको अगाडि रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

सहायक प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री, नेपाल कराते महासंघका राजेन्द्र कपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा ५० जना ब्यक्तिले रक्त दान गरेका थिए ।

रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउन रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै नेपाल सितोरियो कराते संघ काभ्रे जिल्ला अध्यक्ष प्रताप वैद्यले भन्नू भयो एक स्वस्थ्य व्यक्तिले रक्तदान गर्दा एक त स्वास्थका लागि फाइदा हुन्छ भने अर्कोतिर विरामीले जीवनदान पाउने हुँदा सबै लाई रक्तदान गर्न उहाँले आग्रह गर्नुभएको छ ।

उता, नेपाल सितोरियो कराते संघ काभ्रेका उपाध्यक्ष, नेपाल खेलकुद महासंघ काभ्रे जिल्ला अध्यक्ष नवराज मानन्धरले युवा र अग्रजहरुको साथले रक्त दान कार्यक्रम बह्त गर्न सफल भएको प्रतिक्रिया दिदै , कोरोनाको महामारी समयमा धेरैलाई ब्लर्ड आवश्यक पर्छ यो रगतले कसैको जीवन रक्षा होस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिनु भयो ।   

नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखा र Interact club of nepal police school को सहकार्यमा कार्यक्रम सम्पन्न भएको नेपाल सितोरियो कराते संघ काभ्रेका सह-सचीव कबिर कुमार रंजितकारले बताउनु भयो । कार्यक्रममा महासचिव श्याम सुन्दर, सचीव गौतम मानन्धर , योगेन्द्र नाथ कर्माचार्य र नेपाल सितोरियो कराते संघ काभ्रेका सम्पुर्ण प्रशिक्षक र प्रशिक्षार्थीहरुको उपस्थिति रहेकोे थियो ।

रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ । उपत्यकामा दैनिक १ सय देखि २ सय युनिटसम्म रगत संकलन हुने र दैनिक रुपमा ३ सय देखि ३ सय ५० युनिटसम्म रगतको माग हुने गरेको केन्दि«य रक्तसञ्चार सेवा केन्द्रले जनाएको छ । उपत्यकामा ए र ओपोजिटिभ रगतको मात्रा बढी संकलन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..