सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा, प्रतितोला कति पुग्यो ?
# सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा, प्रतितोला कति पुग्यो ?
काभ्रे प्रेस || आइतबार, मंसिर २८, २०८२
काठमाडौ- स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य भने प्रतितोला ८० रूपैयाँले घटेको छ। शुक्रबार तीन हजार ९ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी आइतबार तीन हजार ८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय अमेरिकी डलरमा कारोबार भइरहेको छ।