काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा १५ दिने मेकअप तालिम कार्यक्रम सम्पन्न भएको छ । वडाको महिलाहरुलाई सीप सिकौं आत्मा निर्भर बनौ भन्ने मुल उदेश्यको साथमा १५ दिने मेकअप तालिम सम्पन्न भएको हो।

समापन कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाको नगर प्रमुख शान्ति रत्न शाक्यले बनेपा नगरभित्र रोजगार सृजना गर्दै सिप विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए।स्वरोजगार सृजना गर्ने अनि तालिमका विभिन्न अवसर सृजना गर्ने हाम्रो उद्देश्य हो’, प्रमुख शाक्यले भने । महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले २५ जना महिलाहरुलाई उक्त तालिम प्रदान गरिएको छ ।


बनेपा नगरपालिका वडा नं. ९ को आर्थिक सहयोग तथा रन्जल व्युटी एण्ड मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टरको समन्वयमा स्वरोजगार महिलाहरुको सिप तथा दक्षता अभिवृद्धि लागी १५ दिने मेकअप तालिम दिइएको हो ।

कार्यक्रममा बोल्दै कार्यवाहक वडा अध्यक्ष मनिषा तामाङले महिलाहरुको आत्मविश्वासमा अभिवृद्धि गर्ने हेतुले, तालिमबाट सिकेका कुरा आर्थिक उत्पादनमा लगाउन सहयोग पु¥यउन मर्दत गर्ने बताइन् । महिलाहरुलाई व्युटिसियन तथा रन्जल व्युटी एण्ड मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टरको प्रोपराइटर रन्जना लामा तामाङले मेकअप संम्बन्धी तालिम दिइएकि थिइन् ।

मेकअप सिकेपछि घरका सदस्यहरुको समेत मेकअप गर्न सकिने र आफूले पनि पार्लर धाउनु नपर्ने भएकाले अहिलेको पुस्ता मेकअप सिक्न लालायित रहेको तामाङको भनाइ छ । तामाङको अनुसार १५ दिन मेकअप सिक्ने हो भने सधैँका लागि हुन्छ । आफै मेकअप गर्न जानियो भने पैसा र समयसमेत बचत हुने तामाङ बताउछिन् ।
कार्यक्रममा वडा सचीव उमेश सिल्पकार, सदस्य गणेश सापकोटा, शोभा मिजार, रमेश शाही लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..