काठमाडौं। साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरको २३ औं बार्षिकोत्सब मनाएको छ। ललितपुर इमाडोलमा एक कार्यक्रम आयोजना गरि बरिष्ट सौन्दर्यबिदहरु, सौन्दर्यकर्मीहरु बीच खुसि तथा शुभकामना साटासाट गरिएको थियो। उक्त अवसरमा साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरकि संचालिका बरिष्ठ सौन्दर्यकर्मी रचना शाक्यले बिगत २३ बर्ष देखि सौन्दर्य क्षेत्रमा अतुलनिय योगदान पुर्याएको उपस्थित अतिथिहरुले शुभकामना तथा बधाई दिएका थिए।
उक्त २३औं बार्षिकोत्सब कार्यक्रममा बरिष्ठ सौन्दर्यकर्मी रेनु राना मगर, देबी महर्जन, नविना राजथला, रुबी महर्जन लगायतका ब्युटिसियनहरुको बाक्लो उपस्थिति रहेको थियो।
अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको सुन्दरताको पारखीहरुको रोजाईमा परेको साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् ।
सौन्दर्य प्रति सचेत ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरकी अध्यक्ष रचना शाक्यले जानकारी दिइन।