मकवानपुर प्रहरीद्वारा भिमफेदी गाउँपालिका वडा नम्बर–३ स्थित पान्द्राङबाट ४७० केजी गाँजा बरामद

मकवानपुर प्रहरीद्वारा भिमफेदी गाउँपालिका वडा नम्बर–३ स्थित पान्द्राङबाट ४७० केजी गाँजा बरामद भएको छ ।

बिहीबार बिहान १ बजेतिर नामटारी बाट भैसेतर्फ आउँदै गरेको बोलेरो गाडीलाई पछ्याएर गाँजा बरामद गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुवास बोहराले बताए ।

बिज्ञापन

प्रहरीले पछ्याएपछि बा.१७ च ४२ नम्बरको बोलेरो पिकअपका चालक गाडी छाडेर फरार भएका थिए । पन्द्राङ स्थित ढुंगाखानी नजिकै चालक गाँजा लोड भएको गाडी छाडेर फरार भएका हुन् ।

१७ वटा बेरामा प्याक गरिएको गाँजा बरामद गरेर लागुऔषध मुद्दामा अनुसन्धान थालिएको एसपी बोहराले बताए । फरार चालकलाई प्रहरीले खोजिरहेको छ ।