महाधिवेशनमार्फत नेतृत्व चयनमा सहमतिको अधिकतम प्रयास हुन्छ : लेखराज भट्ट

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले महाधिवेशनमार्फत नेतृत्व चयनमा सहमतिको अधिकतम प्रयास हुने बताएका छन् ।

प्रेस चौतारीले मंगलबार काठमाडौंमा आयोजना गरेको महाधिवेशन केन्द्रीत सम्वादमा उनले पार्टी नेतृत्व चयनमा सहमतिका लागि अधिकतम प्रयास गर्ने र त्यसो हुन नसके लोकतान्त्रीक विधिबाट पार्टी कार्यकर्ताले नेतृत्व चयन गर्ने बताएका हुन् ।

बिज्ञापन

पार्टीमा आफ्ना बिचारहरुलाई स्वस्थ तवरले राख्नुपर्ने भन्दै अस्वस्थ प्रतिपर्धाले पार्टीलाई हित नगर्ने उनले बताए । त्यस्तै भट्टले अहिलेको बिषम परिस्थीतिमा देश र पार्टीलाई एकताबद्ध भएर अघि बढाउनका लागि वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्ने धारणा राखे ।

एमालेले संसद पुनस्र्थापनामा जोड दिएपनि आगामी दिनमा हुने निर्वाचनमा पार्टीलाई बलियो बनाउन पनि एकताबद्ध हुन आवश्यक रहेको उनको भनाइ छ ।

भट्टले पार्टीको आवश्यकतामा नेतृत्वको सुझावका आधारमा पार्टीमा उचित भूमिका निर्वाह गर्न आफु तयार रहेको स्पष्ट पारे । पार्टीमा सचिवकै भूमिकामा दोहरिन आफुलाई इच्छा नभएको उनको भनाइ छ ।