बनेपा- निजी तथा आवासिय अर्गनाईजेशन नेपाल प्याव्सन काभ्रेको अध्यक्षमा श्याम भुजेल निर्वाचित हुनुभएको छ ।
१४ औ जिल्ला अधिबेशनले भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितीको बरिष्ठ उपाध्यक्षमा महेन्द्र थिङ, उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, सचिव छविरमण पराजुली, कोषाध्यक्ष वसन्तराज नेपाल, सह–सचिव युगबहादुर पन्त, सहकोषाध्यक्ष अर्जुन थापा चयन हुनुभएको छ । त्यस्तै दिपेन्द्रबहादुर विष्ट, कृष्णसून्दर थापा, इन्दु थापा, उमा बस्नेत र दामोदर दाहाल सदस्यमा निर्वाचित हुनुभएको छ ।
अधिवेशनले महाधिवेशन प्रतिनिधिमा सुशिला पौडेल, रोजिना केसी, रणवहादुर खड्कालाई चयन गरेको छ । अधिवेशनको उदघाटन गर्दै प्याब्सनका केन्द्रिय सह अध्यक्ष डिके ढुङ्गानाले राज्यले अझै पनि निजी बिद्यालयहरूलाई विभेद गरेको गुनासो गर्नुभयो । कार्यक्रममा पनौती नगरपालिकका नगर प्रमु भिम न्यौपाने, प्याब्सनको केन्द्रिय महासचिव कुमार घिमिरे उप महासचिब आरबी कटवाल, सचिव भिमसेन केसी, केन्द्रिय सदस्यहरू हिरा शर्मा नेपाल, सत्यनारायण श्रेष्ठ, वागमती प्रदेश सचिब राममणी सापकोटा प्याब्सन काभ्रका तदर्थ समितिका संयोजक रवि श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

तपाईंको सानो सहयोगले कसैको जीवन बाच्न सक्छ त्यसै सकेको सहयोग गर्दिनुहोस …. #सहयोगको #अपिल #sahayog #Bhojpur #sangita #Karki #kavrepalanchok #report #interview सक्नु हुन्छ भने सहयोग गर्दिनुहोस यदि सक्नु हुन्न भने धेरै भन्दा धेरै भिडियो लाई सियेर गरेर सहयोग गर्दिनुहोस । भोजपुर जिल्लाको संगिता कार्की घाँस काट्ने क्रममा रुख बाट लढेर उपचारको लागि काभ्रे जिल्लाको बनेपा स्पाइनल इन्जुरी अस्पताल भैसेपाटीमा हुनुहुन्छ । उहाँको आर्थिक अवस्था निकै कमजोर भएको हुनाले सबैले सकेको सहयोग गरिदिनु होला ।