नेपाल कृषि प्रधान देश अहिले हिमाल,पहाड देखि तराई सम्म वर्षा संगै धान राेपाई चलिरहेको छ। नेपाली समाजमा खेति सुरू गर्दा हाेस या भित्र्याउंदा त्यसलाई उत्सवकाे रूपमा मनाउने प्रचलन पुर्खौं देखि चलि आयकाे छ ।
आषाढ १५,आज दहीचिउरा खाने दिन । आजको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाईन्छ । नेपाली समाजमा प्रत्येक वर्षको असार १५ मा धान रोप्ने मध्यसमयको अवसर पारी दहीचिउरा खाने चलन प्रचलन छ ।
वर्षदिनका लागि धानको जोहो गर्नका निमित्त असार महिनामा रोपाई गरी सोही महिनाको मध्य तिथिका रुपमा दहीचिउरा खाने प्रचलन गरिएको हो । नेपाली समाजमा ‘असारको १५ दहीचिउरा खानू, साउनको १५ खिर’ भन्ने भनाइ छ ।
मानिसहरु जङगली युगबाट खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ कार्य गर्दा घाम, पानी, प्रकृतिलगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछि संस्कृतिका रुपमा विकास हुँदै गएको संस्कृतिविदहरुको भनाई छ ।
विगत एक दशक यता देखि प्रत्येक आषाढ १५ गतेका दिन मनाउँदै आईरहेको राष्ट्रिय धान दिवस आज ‘धान उत्पादनमा वृद्धि :राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १६औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै गरेको धान दिवसका दिन धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि
संयुक्त राष्ट्रसंघले सन् २००४ मा धान नै जीवन हो भन्ने नारा दिएर अन्तराष्ट्रिय धान दिवस मनाउने घोषणा गरे यता नेपालमा पनि यो दिवस मनाउँन सुरु गरिएको हो ।
धान दिवसका अवसरमा आज राजधानीमा कृषि विकास मन्त्रालयले तथा विभिन्न जिल्लामा पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गर्दैछन् ।
नेपाल कृषि अनुसन्धान परिषद् नार्कमा धान दिवसको अवसरमा अहिले बिहानै कार्यक्रम हुँदैछ भने ललितपुरको लेलेमा धान रोपाईं विशेष कार्यक्रम गरिंदैछ ।
यसैवीच कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सरकारले आगामी पाँच वर्षमा धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको बताउनुहुन्छ । उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पकेट, ब्लक, जोन र सुपरजोनमार्फत क्षेत्र पहिचान गरी धानको उत्पादन वृद्धि गर्दै लैजाने नीति सरकारको रहेको बताएका छन । त्यस्तै असार १५ लाई नेपाली समाजमा दहीच्यूरा खाने पर्वको रुपमा गरे अनुरुप असार १५ लाई धान महोत्सवका साथै दही चिउरा खाने दिनका रुपमा पनि मनाइरहेका छन ।