

नेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी साईन्स (NCMT) कलेजद्वारा आयोजित एम. बि. ए.को “ग्रिड एण्ड मिट” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा कलेजका प्राचार्य डा. अरूण कुमार ठाकुर, सह- प्राचार्य बिकास विडारि प्राेफेरहरू मोहन अधिकारी ,प्रोफेर डा. सन्जिव प्रधान ,प्राे अम्रिस दास , कर्मचारी, वर्तवान विद्यार्थी तथा पूर्वविद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रमको उद्देश्य कलेज ले ए. बि. ए. का विभिन्न सेमेस्टर र ग्रिड (पूर्वविद्यार्थी) बीच आपसी सम्बन्ध सुदृढ गर्नु, अनुभव आदान–प्रदान गर्नु तथा शैक्षिक र व्यावसायिक अवसरबारे छलफल गर्नु रहेको थियो। सहभागी पुर्वविधार्थिहरूले आफ्ना अनुभव, सफलताका कथा तथा करियर विकासका सुझावहरू दिंदै मोहन गजुरेलले आफ्नो ब्यवसायिक कथा तथा अनुभव वर्तमान विद्यार्थीहरू तथा प्राचार्यहरू सँग साझा गरेका थिए।
कार्यक्रमले विद्यार्थीहरूलाई प्रेरणा दिनुका साथै कलेज र पुर्वविधार्थि बीच दीर्घकालीन सहकार्यको आधार तयार गरेको कलेज प्रशासनले जनाएको छ। अन्त्यमा सहभागी सबैलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने कलेजका सहायक प्रिन्सिपल विकास विडारिले प्रतिबद्धता व्यक्त गरेका थिए भने कार्यक्रम प्राेफस मोहन अधिकारिले संचालन गरेका थिए।


