
काठमाडौं – नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका कार्यसमितिका पदाधिकारीहरुबाट नवनियूक्त हुनु भएका नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त बधाई तथा शुभकामना कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्की, संघका कोषाध्यक्ष संगिता लम्साल, कार्यसमितिका पदाधिकरीहरु र आसरा सुधार केन्द्रका पदाधिकारीहरु, सिनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।
बिज्ञापन

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघका कोषाध्यक्ष संगिता लम्सालले शुभकामना मन्तव्य प्रदान गर्नु भएको थियो भने कार्यक्रम (सचिव) अनिता ढकाल अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।




