दाप्चा –  दाप्चामा बाथरोग सम्वन्धी स्वास्थ्य शिविरमा ८८ जना लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखा तथा सहयोगी महिला जागरण मञ्चको सहकार्यमा नेशनल बाथरोग सेन्टरको प्राविधिक सहयोगमा दाप्चा माध्यमिक विद्यालयमा भएको निशुल्क स्वास्थ्य परिक्षणमा ८८ जनाले परिक्षण गराएको कार्यक्रम संयोजक बिलबहादुर श्रेष्ठले जानकारी दिए ।
विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीहरूबाट स्वास्थ्य परिक्षण गरी निशुल्क औषधी समेत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखाका सभापति नविन अधिकारीले जानकारी दिए । उनका अनुसार, परिक्षण पछि समस्या देखिएकालाई थप स्वास्थ्य परिक्षण पनि निशुल्क गरिएको छ ।
शिविर उद्धघाटन गर्दै नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले जनतालाई स्वास्थ्य सुविधा पु¥याउन आफू सधै प्रतिवद्ध भएको बताए । कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं ८ का अध्यक्ष शेरबहादुर तामाङ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष एवं दाप्चा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर अधिकारी, प्रधानाध्यापक दिनेशप्रसाद अधिकारी, डराउनेपोखरी स्वास्थ्य चौकी इञ्चार्ज पुरूषोत्तम न्यौपानेसहित, रेडक्रसकर्मी, दाप्चा मावि जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरुको उपस्थिती थियो ।
नगर प्रमुख लामाले सहयोगी महिला जागरण मञ्च काठमाडौंका अध्यक्ष राधा श्रेष्ठ र नेशनल बाथरोग सेन्टरका तर्फबाट डा. मनिषा भोछिभोयालाई कदर पत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..