काभ्रेपलान्चोक – “अल्लारे माया” को अपार सफलता पछि किरण गौतमको शब्द तथा संगीतमा “डल्लि रेशम” बोल गित सार्वजनिक भएको छ ।

पछिल्लो समयमा गीत संगीतलाई‌ निरन्तरता दिने क्रममा गौतमले धेरै गीत म्युजिक भिडियो बजारमा आउने गरेको छ। केहि समय अगाडी मात्र गौतमको लय शब्दमा स्मृति गौतम र प्रताप दासको स्वरमा सञ्जिवले अभिनय गरेको भिडियो सार्वजनिक गरेका थिए। उक्त गित लाखौंको नजरमा परि सकेको छ।

यस पटक भने किरण गौतमले आफ्नै स्वर लय शब्द मा ” डल्लि रेशम” आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् । यो मौलिक गीतमा शब्द माया पिरतिका कुरालाई बढि समेटिएको छ ।

उक्त डल्लि रेशममा गौतम संग संगम लामिछानेले स्वर दिएका छन् भने सञ्जिव ठकुरी र लामिछाने आफैले अभिनय गरेका छन्। यस म्युजिक भिडियोलाई उदिराम खड्काले निर्देशन गरि किरण गौतम को अफिसियल युटुब च्यानल बाटा बजारमा सार्वजनिक गरेका छन्।    https://youtu.be/2JY6yf5AEW0

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..