पेट्रोल र डिजेलको मूल्यमा वृद्धि, पेट्रोल प्रतिलिटर २ र डिजेल ३ रुपैयाँले बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ। नेपाल आयल निगमले आजबाट लागु हुनेगरी पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल प्रतिलिटर ३ रुपैयाँले बढाएको हो।

भारतबाट आयात भएर आउने डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५३ पैसा बढेर आएको भए पनि निगमले उपभोक्तामाथि भार नपरोस् भन्दै ३ रुपैयाँ मात्र समायोजन गरेको छ। त्यस्तै, पेट्रोल भारतबाट २ रुपैयाँ ५४ पैसा बढेर आए पनि नेपालमा २ रुपैयाँ मात्र थपिएको छ।

निगमका अनुसार भारततर्फको मूल्य वृद्धि उच्च भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै सीमित मात्रामा मूल्य बढाइएकाले वास्तविक वृद्धि भन्दा कम मात्र समायोजन गरिएको हो।

बिज्ञापन