गरिमा शर्माको ‘इन्गेजमेन्ट’ भिडियोको वास्तविकता सार्वजनिक, म्युजिक भिडियोको दृश्य मात्र रहेछ

 

काठमाडौं । मोडल तथा नायिका गरिमा शर्माको इन्गेजमेन्ट भएको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोबारे वास्तविक तथ्य बाहिर आएको छ। ह्यान्डसम युवकसँग गरिमा शर्माले औँलामा रिङ लगाइदिएको दृश्य सार्वजनिक भएपछि धेरैले उनीको इन्गेजमेन्ट भएको अनुमान गरेका थिए।

बिज्ञापन

तर काभ्रे प्रेसले गरेको तथ्य–जाँच अनुसार उक्त दृश्य कुनै वास्तविक इन्गेजमेन्ट समारोह नभई म्युजिक भिडियोको सुटिङका क्रममा खिचिएको रिल मात्र रहेछ। भिडियोमा देखिएको रमाइलो क्षण वास्तविक जीवनकै घटना ठानिएपछि सामाजिक सञ्जालमा चर्चा चलेको थियो।

गरिमा शर्माले यसअघि वास्तविक जीवनमा इन्गेजमेन्ट नगरेको पुष्टि भएको छ। भिडियो म्युजिक भिडियोको हिस्सा मात्र भएको थाहा पाएपछि उनका फ्यानले “वास्तविकता थाहा पाउँदा राहत मिल्यो” भन्दै प्रतिक्रिया जनाएका छन्।