

बनेपा/प्रिमियर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा सिडब्लुसी पोलिक्लिनिकको प्राविधिक सहयोग एवं सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।


बनेपा नगरपालिका वडा नम्बर ९ मा संस्थाको बनेपा सेवा केन्द्र उद्घाटनका अबसरमा उक्त शिबिरको आयोजना गरिएको संस्थाका सचिब राजन सापकोटाले बताए ।




शिबिरमा १ सय ५० जना भन्दा बढीले स्वास्थ्य परिक्षण गराएका छन् । उनिहरुलाई निशुल्क औषधी समेत प्रदान गरिएको छ । शिबिर पश्चात सेवा केन्द्रको उद्घाटन संस्थाका सल्लाहकार साधुराम दाहलले गरेका थिए ।

