सुनको भाउमा ठूलो उछाल, बजारमा कति पर्छ त नयाँ मूल्य ?

# सुनको भाउमा ठूलो उछाल, बजारमा कति पर्छ त नयाँ मूल्य ?
काभ्रे प्रेस
काभ्रे प्रेस || आइतबार, मंसिर ०७, २०८२
सुनको भाउमा ठूलो उछाल, बजारमा कति पर्छ त नयाँ मूल्य ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। सुनको मूल्य तोलमा दुई हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम छ। शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

बिज्ञापन

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला तीन हजार १३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला तीन हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up