राजन थापा, तारकेश्वर, काठमाडौं | २०८२ असार १७
तारकेश्वर नगरपालिकाको दुई स्थानमा सम्पन्न बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमार्फत सयौं स्थानीयवासीले प्रत्यक्ष लाभ उठाएका छन्। शिविर सेवामूलक उद्देश्यसहित सामुदायिक स्वास्थ्यमा जनचेतना र पहुँच विस्तार गर्ने प्रयासको एक उदाहरण बनेको छ।
स्वास्थ्य शिविर लायन्स क्लब अफ बालकुमारी साङ्ला, साङ्ला प्राथमिक स्वास्थ्य केन्द्र, र तारकेश्वर क्लब ६० को सहकार्यमा आयोजना गरिएको हो। ॐ समाज डेण्टल बनस्थलि शाखा किर्तिपुर आँखा अस्पताल, चिरायु अस्पताल, बसुन्धरा तथा ग्राण्डी अस्पतालका विज्ञ चिकित्सक र प्राविधिकहरूको टोलीले सेवा प्रदान गरेका थिए।
शिविरमा निम्न निःशुल्क सेवाहरू उपलब्ध गराइयो:
रक्तदान, दन्त परीक्षण , रक्तचाप तथा सुगर जाँच
सम्पूर्ण शारीरिक परीक्षण, चिकित्सकीय परामर्श तथा औषधि वितरण
“ऐतिहासिक उपलब्धि” — लायन पार्वती खरेल पाण्डे
लायन्स डिस्ट्रीक्ट ३२५ I की नव निर्वाचित गभर्नर लायन पार्वती खरेल पाण्डेले भनिन्,”कार्यकालको पहिलो दिनमै एउटै क्लबले दुई स्थानमा शिविर सञ्चालन गर्नु र प्रतिष्ठित चार अस्पतालहरूको सहभागिता हुनु ऐतिहासिक उपलब्धि हो।”
शिविरमा सहभागी एक वृद्ध आमाले भनिन्,ॐ समाज डेण्टल अस्पताल काे डाक्टरले थाहै नपाई मेरो दात निकालिदिनु भयाे।हात हलुका रहेछ। परीक्षण गराउँदा धेरै फरक अनुभव भयो।”
क्लबका नव निर्वाचित अध्यक्ष विकास राज कुँवरले यस्ता सामाजिक सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।कार्यक्रम व्यवस्थापनमा क्लब अध्यक्ष राजन थापा, विकास कुँवर, तथा क्याम्प संयोजकहरूको सक्रिय भूमिका रह्यो।
साङ्ला स्वास्थ्य केन्द्रमा दन्त शिविर : १६२ जनाले सेवा लिए
साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा ॐ समाज डेन्टल, बनस्थली शाखाको प्राविधिक सहयोगमा सम्पन्न दन्त शिविरमा १६२ जनाले सेवा लिए भने, तीमध्ये ५४ जनाको दाँत निकालिएको थियो।
शाखा प्रमुख सबिना पापन गुरुङको नेतृत्वमा डा. आर्जु विष्ट, डा. आशिका न्यौपाने, सहायक रिता नेपाली र बिमला नेपालीको टोलीले सेवा प्रदान गरेका थिए। गुरुङले सहभागी सबैलाई उचित परामर्शसमेत दिइएको जानकारी दिइन्।
चाैपक्षीय समझदारी : ॐ समाज डेन्टलबाट विशेष सहुलियत
शिविरको समापन समारोहमा वडा नं. १ का वडाध्यक्ष बिदुर सापकोटा, ॐ समाज डेन्टलतर्फबाट सबिना पापन गुरुङ, र क्लब ६० का अध्यक्ष राजन थापा अस्पताल काे प्रमुख फत्तेबहादुर गुरुङले बीच चाैपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।
जसअनुसार, तारकेश्वर–१ का बासिन्दाहरूले ॐ समाज डेन्टल (बनस्थली शाखा)बाट विशेष सहुलियत दरमा दन्त सेवा प्राप्त गर्नेछन्।
वडाध्यक्ष सापकोटाले आगामी दिनमा हरेक तीन–तीन महिनामा यस्ता शिविर नियमित गरिने जानकारी दिए।
सेवा प्राप्तिको संक्षिप्त विवरण स्वास्थ्य केन्द्र प्रमुख फत्तेबहादुर गुरुङले आगामी दिनहरूमा आवश्यक उपकरण खरिद गरी सेवा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यभार हस्तान्तरण समारोहमा रञ्जित कुँवरले सबै पदाधिकारीहरू मिलेर तारकेश्वरको समग्र विकासमा योगदान पुर्याउने आवश्यकता औंल्याए।
कार्यक्रमको अवलोकन गर्न लायन्स क्लब डिस्ट्रीक्ट ३२५ I का जिल्ला प्रमुख शान्ति जोशी, संयोजक अनिता थापा बिष्ट, क्षेत्रीय संयोजक कमला गुरुङ प्रधान, र अञ्चल अध्यक्ष सुमन शर्मा, लायन्स क्लब अफ परोपकारीका अञ्चल अध्यक्ष नमराज पाण्डेजस्ता विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।