काभ्रेपलान्चोक – नेकपा एमाले खानीखोला गाउँपालिकाको अध्यक्षमा डम्बरबहादुर तिमल्सिना निर्बिरोध चयन हुनुभएको छ । आज बिहानै डम्बरबहादुर तिमल्सिना लाई निर्वाचन टोलिले निर्बिरोध अध्यक्ष घोषणा गरेको थियो ।

हिजो राति देखि सुरु भएको अधिबेशन आज बिहानै सबै पदमा सहमति भएर टुंगो लागेको थियो । अधिवेशनले उपाध्यक्षमा जयबहादुर लुङ्गेली मगर, सचिबमा मानबहादुर गाेले, उपसचिबमा विरेन्द्रबहादुर ब्लाेन र दुर्गाबहादुर तिमल्सिना चयन गरेको हो ।

अधिवेशनले पदाधिकारी सहित ७५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । योसंगै एमालेले काभ्रेमा १३ मध्ये ११ वटामा अधिवेशन सकिएको छ । भोलि बेथानचोक गाउँपालिकाको अधिबेशन हुने भएको छ  ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul