ट्राफिक प्रहरीले बुझायो हराएका र चोरी भएका मोटरसाइकल: आफ्नो साधन पाउँदा खुसी हुँदै सवारी धनीले काटे ‘केक’

 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विसं २०८१/८२ मा विभिन्न समयमा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल तथा स्कूटरहरू सम्बन्धित सवारी धनीलाई औपचारिक रूपमा हस्तान्त्रण गरेको छ। फेला परेकामध्ये केही सवारी साधन राम्रो अवस्थामा भेटिएका छन् भने केहीका पार्टपूर्जा निकालिएका तथा नचल्ने अवस्थामा रहेको ट्राफिक प्रहरीले जनाएको छ।

बिज्ञापन

आफ्नो हराएको साधन फिर्ता पाउँदा सवारी धनीहरू निकै उत्साहित बने। उनीहरूले ट्राफिक प्रहरीप्रति आभार व्यक्त गर्दै खादा लगाइ सम्मान गरे। केही सवारी धनीले खुसीको क्षण साँझा गर्दै केक पनि काटेर प्रहरीलाई खुवाएका थिए।