काभ्रेपलान्चोक – नेपाल पत्रकार महासंघ काभ्रेको शुभकामना आदानप्रदान तथा पत्रकार र उद्योगी व्यवसायीबिच मैत्रीपूर्ण फुटसल कार्यक्रम सम्पन्न भएको छ ।                             

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

काभ्रे उद्योग वाणिज्य संघ बनेपाको समन्वयमा तथा नेपाल पत्रकार महासंघ काभ्रेको आयोजनामा आज (मंगलबार) बनेपाको पञ्चकन्या बैंक्वेटमा शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सम्पुर्ण लाई बधाई तथा शुभकामना दिनु भएको थियो । 

उता कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, प्रेस युनियन काभ्रेका उपाध्यक्ष तथा काभ्रे पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् प्रेस यूनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, प्रेस चैतारीका केन्द्रीय महासचिव हिरामान लामा, काभ्रे उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष राजेन्द्र पसछे , पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष भोजराज तिमल्सिनाले शुभकामना मन्तव्य राखेका थिए ।

पत्रकार र व्यवासायीबिच भएको मैत्रीपूर्ण फुटसल खेलका बिजयी पत्रकारलाई ट्रफी र कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा स्वास्थ कार्यालय काभ्रेका प्रमुख रहेका डा. नरेन्द्र कुमार झालाई सरुवा भएर जान लागेकोमा सम्मान सहित बिदाइ गरिएको थियो ।                           

काभ्रेमा कार्यालय प्रमुख भएर रहदाँ कोभिडको पहिलो र दोस्रो चरणमा समग्र जिल्लावासीहरुको स्वास्थ्यसँग सरोकार राखेर कोरोनाबाट बच्नको लागि डा. झाले खेलेको रचनात्मक भूमिका तथा पत्रकार महासंघलाई सूचना सम्प्रेषणमा समन्वय गर्नुको साथै पहिलो र दोस्रो खोपको व्यवस्थापनमा सहजीकरण तथा उनको उल्लेखनीयका कार्यको कदर स्वरुप महासंघले सम्मान बिदाइ गरेको महासंघका अध्यक्ष बद्रीराज तिमल्सिनाले बताए । उनका अनुसार यसै कार्यक्रममार्फत जिल्लामा स्वास्थ कार्यालय प्रमुख भएर आउन लागेका डा. पुरुषोत्तमराज सेढाँइलाई पनि स्वागत गरिएको थियो । 

लामो समयदेखि साना उद्योग तथा कल कारखानाको अनुगमन तथा व्यवस्थापनमा सक्रिय भएर लागेका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ५८ वर्षको उमेरमा केशव पुडासैनीले अवकाश प्राप्त गरेका छन् । पुडासैनीले गरेको उल्लेखनीय कार्यको कदर गर्दै उनलाई पनि कार्यक्रममा पनि सम्मान गरिएको महासंघका अध्यक्ष तिमल्सिनाले बताए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly