काभ्रेपलान्चोक – जिल्ला सहकारी संघ काभ्रेको ४० औ साधारण सभा तथा ५४ औ स्थापना दिवस भाद्र २१, २३, २५, २६ गते हुने भएको छ । भाद्र २१ गते पाँचखाल केन्द्रको साधारण सभा पाचखाल नगरपालिकाको हलमा बिहान ८ बजेदेखी दिउसोको ४ बजेसम्म हुने भएको छ । पाँचखाल नगरपालिकामा हुने कार्यक्रममा चौरिदेउराली गाउँपालिका, भुम्लु गाउँपालिका, मण्डनदेउपुर नगरपालिका र पाँचखाल नगरपालिकाका सदस्य संघ सस्थाहरु रहने छन । नमोबुद्ध केन्द्रको साधारण सभा होटेल मुनलाईट भकुण्डे वेशिमा बिहान ८ बजेदेखी दिउसोको ४ बजेसम्म हुने भएको हो ।

नमोबुद्ध नगरपालिकामा हुने कार्यक्रममा रोशी गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँरपालिका र नमोबुद्ध नगरपालिकाका सदस्य संघ सस्थाहरु रहने छन । बनेपा केन्द्रको भाद्रको २५ गते बनेपामा रहेको उग्रचण्डी व्यन्क्यैट बिहान ८ बजेदेखी दिउसोको ४ बजेसम्म हुने भएको छ । बनेपा नगरपालिकामा हुने कार्यक्रममा बेथानचोक गाउँपालिका, खानिखोला गाउँपालिका, पनौती नगररपालिका र बनेपा नगरपालिकाका सदस्य संघ सस्थाहरु रहने छन । भने समापन कार्यक्रम भाद्रको २६ गते बनेपामा रहेको उग्रचण्डी व्यन्क्यैटमा ११ बजे हुने भएको छ ।    

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..