राष्ट्रिय सहकारी बैंक लिं शाखा कार्यालय काभ्रे बनेपाले जिल्लामा रहेका सहकारी संस्थाका व्यवस्थापकहरुका लागि आयोजना गरेको दुइ दिने व्यवस्थापकहरुको क्षमता अभिवृद्धी तालिम सोमबार बनेपामा सम्पन्न भएको भएको छ । चैत्र ४ र ५ गते उग्रचण्डी होटल बनेपामा भएको तालिममा काभ्रेका बिभिन्न सहकारीका ६२ जना व्यवस्थापकहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई सहकारी बिज्ञ तेजप्रसाद बजगाईले क्षमता अभिवृद्धी सम्बन्धी बिभिन्न विषय समेटेर प्रशिक्षण दिनु भएको राष्ट्रिय सहकारी बैंक लिं शाखा कार्यालय बनेपाका प्रमुख उपेन्द्र दाहालले जानकारी दिनुभयो । सोमबार तालिमका सहभागीलाई प्रमाणपत्र बितरण गदै समापन समारोहका प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बनेपामा १८० सहकारी सञ्चालन भैरहेको र २० जती सहकारी समस्याग्रस्त रहेकोले राम्रो गर्नेलाई प्रोत्साहन र खरावलाई कार्वाही गर्नुपर्नेमा जोडदिंदै सहकारीहरुसँग सहकार्य गर्न नगरपालिका सदैव तयार रहेको बताउनु भयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका राष्ट्रिय सहकारी बैंक लिं.का सञ्चालक सदस्य रामहरी बजगाईले विशेषगरी सञ्चालकले सहकारीको निति नियम र बिधानमा रहेर काम नगर्दा केहि सहकारीमा समस्या आएकाले सबै मिलेर समस्या समाधानमा लाग्नु पर्ने भन्दै सहकारीलाई स्वस्थ, स्वच्छ र व्यवस्थित गर्न सहकारी बैंकले सदस्य केन्द्रित र समुदायमा आधारित कार्यक्रमहरु अघि बढाएको बताउनु भयो राष्ट्रिय सहकारी बैंक लिं शाखा कार्यालय बनेपाका प्रमुख उपेन्द्र दाहालको सञ्चालनमा भएको समापन कार्यक्रममा पत्रकार महासंघ काभ्रेका सल्लाहकार नवराज बजगाई, सक्षम साकोसका व्यवस्थापक पार्वती थापा, धुलिखेल बहुउद्देश्यीय साकोसका व्यवस्थापक बाबुलाल तामाङलगायतले सहकारीका बारेमा बोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..