डोल्पामा अलपत्र प्रहरीको सेनाको हेलिकप्टरबाट उद्धार

काभ्रेपलान्चोक – डोल्पामा चिसो र हिमपातका कारण ३ दिने पैदल यात्रामा निस्किएका इलाका प्रहरी कार्यालय नाम्दोका ५ जना प्रहरी बाटैमा अलपत्र परेपछि आईजिपी दानबहादुर कार्कीको निर्देशनमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

सम्पर्क कठिन बनेपछि गरिएको समन्वयमार्फत उनीहरूलाई सुर्खेत पुर्याइएकेा र हाल कर्णाली प्रादेशिक अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

उद्धार गरिएका प्रहरीहरूमा सहायक निरीक्षक देवदत्त पाण्डे, वरिष्ठ हवल्दार मणीराज जोशी, हवल्दार जनकबहादुर कार्की, जवान नवराज भट्ट र नरेन्द्र भट्ट छन्।