काभ्रे । राष्ट्रिय युवा संघ नेपाल काभ्रेको आयोजनामा NYFN खुल्ला फुटसल च्याम्पियनशिप खेल हुने भएको छ । यही असार १ र २ गते NYFN खुल्ला फुटसल च्याम्पियनशिप आयोजना गर्न लागिएको हो । नेपाली फुटबलको व्यवसायिक प्रवर्द्धनमा योगदान गर्न र खेलका माध्यमबाट आम नागरिक, संघ संस्थ, युवा तथा राजनीतिक दलहरूलाई खेल प्रती प्रेरित गर्न खेलको आयोजना गर्न लागिएको र जिल्ला स्तरीय खेल टुनामेन्टहरु आयोजना हुदा नेपाल को खस्कि रहेको राष्ट्रिय खेल जगतमा ग्रासरुट बाट पनि टेवा पुग्ने राष्ट्रिय युवा संघ नेपाल काभ्रेका अध्यक्ष इश्वर वल्लभ सापकोटाले बताए ।

धुलिखेल ५ स्थित एस-आर फुटसल श्रीखण्डपुर खड्पुमा सञ्चालन हुनेछ । खेलमा सहभागी हुनका लागि प्रत्येक टीमलाई रु ३ हजार दर्ता शुल्क लाग्नेछ भने खेलमा सहभागी हुनका लागि यही जेठ २९ गतेसम्म आवेदन दिइ सक्नुपर्ने छ । खेलमा प्रथम पुरस्कार रु ५० हजार र द्धित्तीय पुरस्कार २५ हजारका साथमा टर्फि , प्रमाणपत्र, मेडल समेत रहेको छ । अन्तिममा खेलमा प्रतियोगताका उत्कृट खेलाडीलाई ‘प्लेयर अफ दी टुर्नामेन्ट’ उपाधि सहित रु ५ हजार प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..