काभ्रेपलान्चोक – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत काभ्रेपलाञ्चोक जिल्ला संघीयसभा क्षेत्र नं.१ को निर्वाचनमा सभापति दिनेश लामा सहित तिर्थ लामाको प्यानल विजय भएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा १३ सय १४ प्रतिनिधिमा १२ सय ६३ मत खसेको थियो । लामा अत्याधिक मत कूल मतदाताको ९० प्रतिशत भन्दा बढी मत का साथ काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ को सभापति पदमा निर्वाचित भएका हुन ।

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा सभापति सहितका सिँगो पदाधिकारीमा तीर्थ प्यानल विजयी बनेको हो। लामा सभापति पद जिम्मेवारी निष्ठा र इमान्दारीपुर्वक वहन गर्ने आम काभ्रेली जनताले आशा लिएको छन ।

पार्टीको निर्देशन र संगठन निर्माणमा अहोरात खटिने नेता लामा ईमान्दार,सालिन र बौद्धिक नेताको रुपले चिनिदै आएका छन । लामा पार्टीमा उनले गरेका योगदानको कदर र क्षमतालाई मध्यनजर गर्दै वडा देखी गाउँपालिका प्रदेश सभा क्षेत्रीय प्रतिनिधिहरु लगाएत सम्पुर्ण प्रतिनिधिहरुको बिश्वासको पात्र बनेका छन ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..