बेथानचोक गाउँपालिका ५ च्यासिंखर्कमा स्वास्थ्यचौकी र बाटो गरी २ वटा आयोजनाको शिलान्यास भएको छ । वडा नं. ५ मा संघीय अनुदानमा बन्ने स्वास्थ्यचौकी भवनको बिहीबार बेथानाचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गर्नु भएको छ । अगामी ६ महिनाभित्र स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न गरिसक्नु पर्ने छ । भवनका लागि १ करोड १० लाख ६० हजार ३४८ रुपैयामा निर्माण गर्ने गरी सान्भी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का सम्झौता गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । उहाँले आयोजना बहुवर्षीय भएको र आगामी २ वर्षसम्म प्रत्येक वर्ष १ करोड ७५ लाख विनियोजन हुँदै जाने बताउनुभयो । स्वास्थ्यचौकीका लागि विशेष संघीय अनुदान अन्र्तगत विनियोजित बजेट एक करोड पचहत्तर लाख उपलव्ध गराएको र ठेक्का१ करोड १० लाख ६० हजार ३४८ रुपैयामा सम्झौता भएको बताइएको छ ।

यस्तै बिहीबारै प्रदेशको समपुरक बजेट अन्तर्गत गाउँपालिका र प्रदेशको आधा आधा साझेदारीमा कपेर महांकाल चौकीडाँडा सडकको पनि अध्यक्ष अधिकारीले शिलान्यास गर्नु भएको छ । बिनियोजित २ करोड बजेटमा मान्सा कन्ष्ट्रक्शन एण्ड सप्लायर्स प्रा.लि.ले ८९ लाख ८१ हजार ७०४ रुपैयामा सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । आयोजना असार मसान्तसम्ममा सम्पन्न गरिसक्नु पर्नेछ ।

शिलान्यास कार्यक्रममा पालिका अध्यक्ष भगवान अधिकारीले बजेट मात्र आइ रहने काम के कति भयो भनेर चासो राख्न समुदायलाई आग्रह गर्नुभयो । उहाँले शिलान्यास, उद्धघाटन कार्यक्रम कुनै पनि राजनितिक दलका कार्यक्रम नहुने र यस्तो कार्यक्रम सिंगो जनताको र गाउँपालिकाको हुने भएकाले गाउँ ठाउँका विकास निर्माण र यसको गुणस्तरमा चासो राख्नु पर्ने बताउनुभयो । उहाँले कुनै पनि विकास निर्माण कार्यक्रममा प्रत्यक्ष रुपमा अनुगमन÷निगरानी गर्ने काम पालिकाले गर्ने प्रतिवद्धतासमेत गर्नु भएको छ । यस्तो कार्यका लागि स्थानीय जनताको पानि साथ र सहयोग भएमा आफ्नो गाउँ÷ठाउँ विकास निर्माण गर्न सहज हुनेसमेत बताउनुभयो

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले ‘क्लालिटी र क्वान्टिटी’ को काम गर्न निर्माण कम्पनीहरुलाई आग्रह गर्दै निर्माण कम्पनीले रकम लिनको लागि पहिला गाउँपालिकाको खातामा रकम जम्मा हुने र पालिकाले के–कति काम भएको छ भनेर प्रत्यक्ष रुपमा अनुगमन गरेर मात्र त्यस वपत मात्र भुक्तानी गर्ने भएको कारणले काम छिटो र गुणस्तरयुक्त गर्न पनि आग्रह गर्नु भयो ।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबाले गाउँमा आएका विकासका बजेट कहाँबाट आयो, कस्ले ल्यायो भन्ने कुरामा नलागी आएको आयोजनालाई स्तरीय ढंगले निर्माण सम्पन्न गराउन सबै पक्षको हातेमालो आवश्यक भएको बताउनु भयो । स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भए पछि उपचारमा सहज हुने उहाँले विश्वास लिनुभयो । सडक तथा स्वास्थ्य चौकी शिलान्यस कार्यक्रममा वडा नं. १ का अध्यक्ष मधुसुधन तिमल्सिना, वडा नं. ६ का अध्यक्ष विष्णु तामाङ लगायत विभिन्न दलका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..