कार्यक्रममा सहकारी संस्थामा सफल भएका सिइओहरुको अनुभव समेत आदानप्रदान गरिएको थियो । सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरुको व्यवस्थापकीय क्षमतामा विकास गर्ने, सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरुको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरुको पहिचान गरी न्युनिकरणका उपायहरु अबलम्वन गर्ने उद्देश्य गोष्ठीको रहेको थियो ।

नेफ्स्कुनका पूर्व सिइओ डा. शिवजी सापकोटाले इन्नोभेसन एण्ड एचआर म्यानेजमेन्ट इन कोप, एससीटि नेटवर्कका सीबीओ सुबोध गौतमले डिजिटाइजेसन इन् कोप्स र वल्र्ड डिष्ट्रिव्युसन नेपालका सिनियर म्यानेटर अशोक लामिछानेले एटिए इन कोअपरेटिभ्सको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी गोष्ठी नवराज फुयाँलले तनाव व्यवस्थापनका विषयमा सहभागीहरुलाई तालिम दिएका थिए ।

कार्यक्रमले काभ्रेको सहकारीको अभियान तथा ध्येय, सहकारीमा प्रभावकारी वित्तिय संरचना, राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहकारीको भुमिका, सहकारीमा प्रभावकारी ऋण असुली, सहकारीमा मोवाइल बैकिङको प्रयोग, सफल प्रबन्धकका सफलताका कथाहरु, सहकारीमा मानव संसाधनको व्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लामा रहेका सहकारीले २१ अर्बको कारोबार गर्ने र अहिले ४ अर्ब बैकमा सचित रहेको अवस्थामा साना सहकारीको विकास गराउन संचित रहेको रकमको केही प्रतिशत मात्रै जिल्ला सहकारी संघमा जम्मा गर्ने हो भने काभ्रेको साना सहकारीको निक्कै विकास हुने अध्यक्ष शर्माले भने । जिल्ला सहकारी संघ काभ्रेका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र दाहालले काभ्रेले नेपालमै नयाँ सन्देश दिएको बताउँदै यस्ता कार्यक्रमले सहकारीको विकासमा सहयोग पुग्ने बताए ।

उक्त गोष्ठी जिल्लाको सहकारीको ईतिहासमा पहिलो पटक भएको म्यानेजर्स कर्फरेन्सले सहकारीको एकताको सन्देश दिएको छ । सो कार्यक्रमले ७७ जिल्लामै सहकारीबीचको एकता सहकार्यको सन्देश दिएको जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले बताए । संघका अध्यक्ष दिलिप शर्माले गोष्ठीबाट सहकारी संस्थाका व्यवस्थापकहरुमा नयाँ उर्जा थपेको बताउँदै उनीहरुको कार्यशैलीमा नयाँपन आउने विश्वास व्यक्त गरे । कार्यक्रममा विभिन्न सहकारी संस्थाका १३० जनाको सहभागिता रहेको थियो । सहभागिहरुले गोष्ठी लाभदायक भएको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.