‘येन बध्यो बलिराजा दानवेन्द्रो महाबलः तेन त्वा प्रतिबध्नमि रक्षेमा चलमाचल ।’
‘शतिश्चुते कुशलमस्तु, चिरायु रस्तु, ऐश्वर्य फलमस्तु धनधान्य बृद्धि सहितम हरिभक्ति रस्तु ।’

जुन बन्धनले बलशाली दानवराज बलि बाँधिए त्यसैले तिमीलाई बाँध्छु । तिमी सुरक्षित बन, विचलित नहोऔं । सत्य युगमा दानवबाट पीडित देवगणलाई गुरु बृहस्पतिले रक्षा सूत्र बाँधेर रक्षा गर्दा भनेको यो श्लोक नै अहिलेसम्म पनि रक्षाबन्धनको श्लोक भएको छ ।
आईतबार जनै पूर्णिमा अर्थात् यधोपवित जनै लगाउने दिन रक्षा बन्धन भाद्र पूर्णिमा मनाइदै छ । यस दिन प्रत्येक ब्राह्मणले जनै र डोरो लगाउँदै रक्षा गर्ने सुरक्षित राख्ने बन्धन बाँध्छन् । यस दिन देशभरका मानिसहरु विभिन्न तीर्थस्थ गई स्नान गरी ब्राह्मणका हातबाट डोरो बाध्छन् र जनै फेर्छन् । यसो गर्नाले सुरक्षित रहने र रक्षा हुने किम्वदन्ती पाइन्छ । यो साल कोरोना संक्रमणको अबस्थालाई मध्यनजर गर्दै प्रत्येक बर्ष मनाईदै आएका सबै मेला र जात्रा अपौचारिक रूपमा नगर्ने निर्णय गरिएको छ । र पनि तपाइहरु पनि माथि उल्लेखित मन्त्र जप्दै रक्षाबन्धन गर्दै हुनुहुन्छ होला प्रसंगको पेरीफेरिमा रही भाद्र पूर्णिमासँगैका पर्व र धार्मिक किम्वदन्ती अनुसार यो बेलाका महत्वपूर्ण ऐतिहासिक तिर्थस्थल र पूर्णिमाको भोलिपल्ट मनाइने गाइजात्रा सम्बन्धी केही जानकारी प्रस्तुत गरिएको छ ।
महादेव पोखरी
भाद्र पूर्णिमाका दिन यस ठाउँमा गई स्नान गरी पूजापाठ गर्नेले आँटेको पुग्ने र अश्वस्तता हटाई आनन्दीत र स्वास्थ्य रहने किम्वदन्तका साथ मेला लाग्ने गरेको महादेव पोखरीमा सिजनका अन्नहरु चढाएर खान शुरु गरेमा सहकाल हुने बुढापाकाको भनाई छ । परापूर्व कालको भाद्र पूर्णिमाकै दिन देवगण र राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा समुन्द्रको गर्भमा लुकेको हलाहल विष बाहिर निस्कियो त्यो विषलाई श्री महादेवले सेवन गरेपछि विष सेवनले छटपटीलाई सहन नसकेर महादेव हिमालय पर्वततर्फ लागेका थिए । त्यही क्रममा महादेवको पहिलो बास महादेव पोखरी अर्थात् त्यो बेलाको तपोवनमा ९नालादेखि नगरकोट र जलजले माथिसम्मको भालाई आदीकालमा तपोवन भनिन्थ्यो । आजसम्म पनि उक्त स्थानलाई श्रीस्वस्थानीमा तपोवन नै भनिन्छ ० भयो ।
वर्षा ऋतुको अन्त्यतिर भएको कारण गर्मीले गर्दा राति महादेवलाई पानी प्यास लागेर आयो अन्त कतै नजिकै पानी नभएको कारण महादेवले त्यसै स्थानमा नङले कोट्याएर पानी निकाली खाएका कारण उक्त ठाउँमा सधैं पानी जमिरह्यो र त्यसै ठाउँको नाम महादेव पोखरी रह्यो भन्ने किम्वदन्ती पाइन्छ भने त्यसैदिन महादेव हिमालयको गोसाइकुण्डमा समेत पुगेका थिए । सतिदेवी मरेको बेला लास बोकेर पुनः महादेव महादेवपोखरी आएका थिए । त्यहाँ पनि सतिदेवीको एक अंग पतन भयो र रत्नचुणेश्वर महादेवको उत्पत्ति भयो । त्यसै दिनदेखि प्रत्येक भाद्र पूर्णिमाका दिन ऋषिहरु त्यहाँ आई तपस्या गर्न थाले अन्तत्वगत्वा त्यस ठाउँलाई तपोवन भनियो । यसका साथै उक्त तपोवनमा पाण्डवहरु समेतले तपस्या गर्ने गरेको हिन्दु धर्मशास्त्रमा उल्लेख छ । सतिदेवीको अंगल पतन भएका ठाउँमा स्नान गर्नाले मोक्ष प्राप्ति हुने आशाले बुढापाकाहरु महादेवपोखरी जाने गर्छन् भने पर्यटकीय स्थल नगरकोट र त्यहाँका झाँकीहरुको दृश्य लुट्न मात्र भएपनि युवा जमान महादेवपोखरी जाने गरेको पाइन्छ ।
गोसाइकुण्ड
काठमाडौबाट ६९ किलोमिटर टाढा त्रिशुली र त्रिशुलीबाट ४८ किलोमिटर टाढा धुन्चे पुगेपछि १० घण्टा पैदल हिँडेर वा काठमाडौंको सुन्दरीजलबाट नुवाकोटको चिसापानी सिन्धुपाल्चोकको पार्टी भञ्ज्याङको उकालो हुँदै अथवा मेलम्चीबाट २६ घण्टा जति पैदल हिँडेर पुगिने रसुवा जिल्लाको उत्तरी भेगको हिमाली भागमा रहेको तिर्थस्थल मध्यको अग्रणी तिर्थस्थल गोसाईकुण्डमा मेला लाग्ने गरेको कारण धेरै टाढा देखिका श्रद्धालुहरु गोसाईकुण्डमा मेला भर्न र स्नान गर्न पुग्ने गर्छन् । त्यहाँ पुगेर स्नान गरी फर्कनाले खुशी, अनन्दित र गौरवान्वित हुने र रोग व्याधी हट्ने तथा स्वास्थ्य रहने किम्वदन्ती पाइन्छ ।
कालकुट विष पियर छटपट्टिएका महादेवलाई कही गएर पनि विषको प्रभाव कम नभएका कारण हिमाल चढेका महादेवले त्रिशुलको प्रहार गरी तीन वटा मुल निकाले र त्यही पानी जमेको कुण्मा सुतेर डाहा पनि कम गराए । यसकै कारण उक्त स्थानलाई गोसाईकुण्ड भनेर चिनियो । महादेवको त्रिशुल प्रहारबाट तीनवटा मुहान बनेर पानी निस्केर बग्ने गरेको नदीको नाम नै त्रिशुली रहेको पनि लोकोक्ती पाईन्छ । यिनै कारण पनि उक्त कुण्डमा भाद्र एकादशीदखि पूर्णिमासम्म मेला लाग्ने गरेको अनुमान गर्न सकिन्छ भने डाह कम गर्ने तिर्थस्थल पनि गोसाइकुण्ड नै हो ।
बनेपाको गोसाईकुण्ड
गोसाईकुण्डको सहायकको रुपमा काभ्रेको बनेपास्थित बुडोलमा रहेको गोसाइकुण्डमा पनि भाद्र पूर्णिमाका दिन विशेष मेला लाग्ने गरेकोपाइन्छ । शारिरीक अस्वस्थ र बालबृद्धाका कारण रसुवाको गोसाइकुण्ड पुग्न नसकेकाले विहानदेखि आएर यहाँ स्नान गर्ने र ब्राह्मणहरुले जनै र डोरी फेर्ने गरेको पाइन्छ । जंगलको बीच भागमा अवस्थित यो कुण्डमा गएर स्नान गर्नाले पनि गोसाईकुण्ड गए जत्तिकै हुने किम्बदन्ती छ ।
परापूर्व काल जबकी गोसाईकुण्डमा मेला लाग्न थालिसकेपछि गोसाईकुण्डमा मेला भरी स्नान गरी जललिन भनी लगिएको एक तिर्थालुको कमण्डलु गोसाईकुण्डमा हराएको र पछि आएर उक्त कमण्डलु अहिलेको बुडोलको गोसाईकुण्डमा भेटिएको कारण त्यही ठाउँलाई गोसाईकुण्डको सहायक रुपमा लिई मेला भर्ने र स्नान गर्ने गरेको पाइन्छ ।
गाईजात्रा
व्यक्तिको बोल्ने अधिकारलाई व्यङ्ग्यात्मक रुपबाट समाजसम्म दर्शाउन पाउने स्वतन्त्र र स्पष्ट पर्व नै गाईजात्रा हो । आफूलाई चित्त नबुझेका कुरा स्पष्ट रुपमा व्यङ्ग्यात्मक अभिव्यक्तिका साथ प्रस्फुटन गराउने कलात्मक र दृष्टात्मक अभिव्यक्ति अर्थात् गाईजात्रा । विशेष गरी काठमाडौं, भक्तपुर र ललितपुरमा मनाईने यो पर्व काभ्रेका पनि बनेपा, धुलिखेल लगायतका क्षेत्रमा विभिन्न भेषमा मनाइने गरिन्छ ।
भाद्र कृष्ण प्रतिपदाका दिन विशेष गरी मनाइने यो जात्राको बारेमा बौद्धिक, तान्त्रिक ग्रन्थ ‘कालव्यूह’ का अनुसार यस दिन गौ पूरा गरी गहूँको रोटी र नून गाईगोरुलाई खान दियो भने मोक्ष प्राप्ति हुने र सबै पाप कर्महरु नाश भई हजारौं जोगीहरुलाई भोजन गराएको सरह फल प्राप्त हुने जनाइए पनि आजतक यो पर्वमा समयको परिवर्तनसँगै अनेकौं आयामहर थपिँदै गएको पाइन्छ ।
अन्तत्वगत्वा यस पर्वलाई पितृ मोक्षको रुपमा समेत स्थापित गराईयो । प्रत्यक्ष रुपमा गाई गोरु समावेश गराईने यो पर्वमा अहिले बैकल्पिक रुपमा मानिसहरुद्वारा नै गाईको मुकुण्डो लगाई पशुको प्रतिनिधित्व गर्न चलन रह्यो । हरेक साल भाद्र कृष्ण प्रतिपदाको दिनदेखि आठ दिनसिम्म गाईजात्रा पर्व नेपाल अधिराज्यभर मनाइन्छ । काठमाडौं उपत्यकामा भने सबैन्दा भव्य रुपमा मनाइन्छ । जनैपूर्णिमाको भोलिपल्टदेखि प्रारम्भ भई कृष्णअष्टमीको दिन अन्त्य हुने पर्व उपत्यकावासीको साँस्कृतिक पर्व हो ।
गाईजात्राको इतिहास
भक्तपुरका तत्कालीन राजा प्रताप मल्लको एउटा बालक छोरा उपत्यकामा फैलिएको महामारी रोग विफरबाट मृत्यु भएको थियो । छोराको निधनले रानी साह्रै शोकाकुल भइन् । आफ्नो छोरा मात्र नमरेको अरुका पनि मरेका छन् भनी राजाले सम्झाउँदा पनि रानीले अलापविलाप गर्न छाडिनन् ।
त्यसपछि देशभरका जनतालाई आआफ्नो नाममा उनीहरुका आफन्तलाई गाईजात्रा निकाली भक्तवुर दरबार प्राङ्गणमा भेला हुँदै शहरपरिक्रमा गराउने आज्ञा दिए । ठाउँ ठाउँ गाईजात्राका दृश्य देखेपछि जनताका पनि धेरै छोराछोरी मरेका रहेछन्, आफ्नो मात्र मरेको होइन रहेछन् भनेर रानीले चित्त बुझाएपछि त्यस बेलादेखि यो परम्परा चलेको भनिन्छ ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र