काठमाडौं, अग्रज सञ्चारकर्मी नवराज बजगाई काठमाडौमा सम्मानित भएका छन । शनिबार किम्ची बैन्क्युट अनामनगर काठमाडौंमा आयोजित राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान नेपालको दोश्रो साधारणसभाको अवसरमा बजगाईलाई पत्रकारीता मार्फत गित संगित र कला क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

कार्यक्रममा वरिष्ठ गितकार राजेन्द्र थापा, वरिष्ठ बलाकार मोहन निरौला, वरिष्ठ संगितकारहरु डा.टिका भण्डारी, अष्ट लामा, डा. ओम कृष्ण प्रसाई, गितकारहरु डिबी थापा, माधवराज खरेल र राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान नेपालका अध्यक्ष राजेन्द्र बजगाईलगायतले प्रमाण–पत्र प्रदान गरेका थिए ।

पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष, प्रेस चौतारी काभ्रेका पूर्व अध्यक्ष र हाल प्रेस चौचारी नेपालका केन्द्रीय सदस्य रहेका बजगाई नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डटकमका सञ्चालक÷प्रधान सम्पादक हुन । सोहि अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्य, अग्रज सञ्चारकर्मी डब्बु क्षत्रीलगाएतलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly