रोहनको आमाको काख विना बजारमा

काभ्रेपलान्चोक – लोक तथा दोहोरी गायक रोहन रसाइलीको मर्मस्पर्शी सम्झना गीत सार्वजनिक भएको छ । जन्मदिने आमा गुमाउनु पर्दाको पीडा उनले आफ्नो गीतमा समेटेका छन् । ढिलो चाँडो यस्ता घटना सबैले भोग्नुपर्छ तर उनको जीवनमा घटेको यो घटनासँग धेरै सम्झना र अधुरा सपना जोडिएका छन् ।

हाँसी खुसी परदेश गएको परदेशी फर्कदा आमा नभएको यथार्थ मात्र होइन जीवनका हरेक कुरा गुमाएको अनुभूति यो गीतले गराएको छ । शरण हुमागाईको शव्द रचना अनि विष्णु तामाङको लय सृजनामा तयार भएको यो गीतमा रोहन रसाईली र करुणा राईको आवाज समाबेश छ । विष्णु तामाङको संगीत संयोजन अनि राजकुमार बगरको अडियो सम्पादनमा तयार भएको यो गीत त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

बिज्ञापन

म्यूजिक भिडियोमा बास्तविक जीवनमा जुन परिस्थिती भोग्नु परेको थियो सोही कथा जस्ताको तस्तै उतारिएको छ । कृष्ण सुवेदीको निर्देशनमा कमान सिंह राई याम्फुले झापाको विभिन्न स्थानमा यो गीतको छांयाकन गरेका हुन् । यस गीतमा रोहन रसाइली, करुणा राई, शोभा रसाइली, सिवानी रिजाल (रसाइली), प्रदीप रसाइली साथै बाल कलाकारहरु आरोही रसाइली र अभि रसाइलीले अभिनय गरेका छन् । यो गीत करुणा राई अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस पूरा भिडियो