तोलामा ७ सय रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार तोलामा २७ सय बढेको सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ थियो ।

बिज्ञापन

त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ ।