



काभ्रे, भाद्र २४। जिल्ला सहकारी संघ लिमिटेड (डिस्कफ) काभ्रेपलाञ्चोकले आफ्नो ४४औं वार्षिक साधारणसभा तथा ५८औं स्थापना दिवस स्थगित गरेको छ।
बिज्ञापन


संघले यही भाद्र २६ गते सम्पन्न गर्ने तय गरेको कार्यक्रम विभिन्न कारणवश स्थगित गरिएको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ। हालको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको र अर्को सूचना जारी गरी नयाँ मिति तय गरी जानकारी गराइने संघले जनाएको छ।

स्थगित कार्यक्रममा सहभागी हुने तयारीमा रहेका सदस्य संघ/संस्था तथा सरोकारवालाहरुलाई उक्त जानकारी गराइएको पनि सूचनामा उल्लेख गरिएको छ।