काठमाडौं : चलचित्र कलाकार संघकि बर्तमान बरिष्ठ उपाध्यक्ष तथा लोकप्रिय अभिनेत्री रेजिना उप्रेतीले चैत्र ४ गते हुन गईरहेको चलचित्र कलाकार संघकोको महाधिवेशनमा अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेकी छिन। कलाकार संघको विभिन्न कार्यसमितिमा रहदैं चलचित्र कलाकार संघको बरिष्ठ उपाध्यक्ष बनेकी अभिनेत्री रेजिना अघिल्लो निर्बाचनमा सबै भन्दा बढी मतले बिजय बनेकी थिइन्। चलचित्र क्षेत्रमा आफ्नो २४ वर्ष निरन्तर संघको सदस्य रहेको, आजीवन सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइसकेकाले अध्यक्ष पदका लागि आफू योग्य रहेको उनको भनाइ छ । अध्यक्षको जिम्मेवारी पाएपछि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको प्रगतिको लागि लाग्ने उनले उल्लेख गरेकी छन्। उनले सामाजिक सञ्जाल मार्फत अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै सहयोग गर्न सबैमा अपिल गरेकी छन् ।

कलाकारहरुको हकहितमा बुलन्द आवाज उठाउदै आएकी अभिनेत्री रेजिना उप्रेती नेतृत्व सम्हाल्न सक्षम रहेकी चलचित्र वृतका बिज्ञहरु बताउछन । बिगत २४ बर्ष देखि सक्रिय रुपमा चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा रहेर सदैब कलाकारहरुको हितमा वकालत गर्दै आएकी उनि कलाकारितालाइ समेत निरन्तरता दिदै आगामी दिनहरुमा अझ बेशी सक्रियता जनाउदै कलाकारहरुको हक हीत र अधिकारको लागि सधै सपर्पित हुदै र कलाकार संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोटको साथ आउने कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको अभिनेत्री उप्रेती बताउछिन।

अध्यक्षमा पदमा उम्मेद्वारी दिनको लागि पनि आफूभन्दा अग्रज कलाकार, पत्रकार, तथा समकालीन साथीहरुसंग सल्लाह सुझाब लिएर अगाडि बढेको र आफूलाई सहयोग गरि बिजय गराईदिनु हुन सम्पूर्ण कलाकारहरु संघ अभिनेत्री रेजिना उप्रेतीले आग्रह समेत गरेकी छिन।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..