काभ्रेपलान्चोक जिल्लाको नेपाली कांग्रेस पार्टीमा एक परिचित नाम हो संगम थापा । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थापा बनेपा नगरपालिका वडा नं. ११ मा स्वर्गीय माता पिता कृष्ण बहादुर थापा र शान्ति थापाको कोख बाट जन्मनु भएको हो । नेपाली कांग्रेस पार्टी बाट राजनीतिमा सक्रिय थापा नेपाली कांग्रेसको कृयाशिल सदस्य हुँदै हाल ट्रेड युनियन कांग्रेसको बनेपा नगर सभापति हुनुहुन्छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल बनेपामा रहेर संगठन बिस्तारमा अग्रणी भुमिका खेलेको देख्न सकिन्छ । नेपाली कांग्रेसको राजनीति र व्यवसाय सँगै गरिरहेको थापाले स्थानीय तहको निर्वाचन होस् या प्रदेश र संघीय निर्वाचनमा होस् आफ्नो पार्टीको उम्मेदवार जिताउन दिन रात नभनी खटिनु भएको देखिन्थ्यो । राजनीति र व्यवसायमा निकै संघर्ष र मेहनत पछि यो स्थान सम्म आइपुगेको बताउनु भयो । राजनीति सँगसँगै समाजसेवामा पनि थापा लाई अग्रणी भुमिकामा देख्न सकिन्छ ।

नेपाल तरुण दल बनेपा नगर कार्यसमितिमा रहेर थापा लगायतको टिमले भुकम्प, महामारी, प्राकृति विपती, नाका बन्दी, दिन दुखी, असाहय, अपांगहरु लाई आज सम्म पनि सहयोग गर्दै आउनु भयो छ । कतै घर नै बनाइदिने देखि लिएर, कतै खाद्यान्न, लत्ताकपडा, औसधि उपचार, कतै नगद सहयोग गर्नु भएको छ । जसको कारण आज उहाँ बनेपाली जनताको मन मुटुमा बस्न सफल व्यक्ति भन्दा फरक नपर्ला । पछिल्लो समय राजनीतिमा युवापुस्ताको प्रवेशले राजनीतिक वृत्तमा नयाँ आशा र अपेक्षा पनि जगाएको छ ।

ट्रेड युनियन कांग्रेसको जिल्ला अधिबेशन पनि सघारमा आइपुगेको छ । जिल्ला अधिबेशनमा ट्रेड युनियन बनेपाको भुमिका के रहन्छ ? पछिल्लो समय बनेपा नगरपालिकाले श्रमिकहरुलाई गरेको व्यवहार प्रती ट्रेड युनियनको भुमिका के हो ? के गर्दै छ बनेपा ट्रेड युनियन ? लगायत बिषयमा रहेर नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले ट्रेड युनियन कांग्रेस बनेपा नगर सभापति संगम थापासँग गरेको विशेष कुराकानी  :

० ट्रेड युनियन कांग्रेसको काभ्रे जिल्ला अधिबेशनमा बनेपाको भुमिका कस्तो रहन्छ ?
हामी लोकतान्त्रिक विधि पद्धतिमा बिश्वास गर्ने सङ्गठन भएको हुँदा हामी विधि र नीतिको पक्षमा हुन्छौं पहिलो कुरा यो भन्न चाहन्छु ।अर्को कुरा ब्यापार ,ब्यवसाय ,कलकारखानाहरुको हिसाबले जिल्लाको सबै भन्दा ठूलो क्षेत्र हो । यस कारण जिल्ला अधिबेशनमा बनेपा नगरले निर्णायक भुमिका खेल्ने छ । श्रमिकहरुको आवाज बोक्न सक्ने नेतृत्वको बिकास गर्ने जिम्मेवारी हामी लाई नै रहेको महसुस गरेका छौं ।

० मजदुरहरुको समग्र असन्तुष्टिलाई कसरी समाधान गर्नु हुन्छ ?
निकै गहिरो प्रश्न उत्थान गर्नु भयो । यो सहज र सजिलो बिषय होइन र छैन किन कि आजको हाम्रो चिन्तन बिना मिहिनेत भनौ वा थोरै कामले धेरै प्रतिफल खोज्ने भएका छौं । कोभिड पछि देशको आर्थिक गतिविधिहरु निकै कमजोर भएको देख्न सकिन्छ । राज्यको नजरमा मजदुर लाई हेर्ने दृष्टिकोणमा फरक आएको छैन । सरकारी कार्यालयमा काम गर्ने कार्यालय सहयोगीको जति सुबिधा निजिमा अधिकृतको पनि नहुने समस्या छ । यसलाई अन्त्य गर्दै सबैलाई सकारात्मक बाटो तर्फ डोर्याउदै सम्बन्धित निकायसँग सहकार्य गरि समाधानको बाटो तर्फ लैजान सक्ने विभिन्न अवधारणाहरु बनायर सम्बन्धित निकाय र हामी श्रमिकहरु बीच सुमधुर सम्बन्धहरु स्थापित गर्दै अघि बढ्ने र समस्यको समाधानमा लाने लक्ष्य रहेको छ ।

० आफ्नै पार्टीको नगर प्रमुख हुनुहुन्छ भनेर चुप बस्नु भएको हो ? ती फुटपाथमा व्यापार गर्ने हरुमाथीको धरपकड बारे केही धारणाहरु आएनन नि ?
आजको दिनमा हामिले भोग्नु परेको सबै भन्दा ठूलो समस्या यहीँ बनाउन खोजिएको छ। मजदुरहरुको समस्या लाई ब्यवस्थापन गर्नु सबैको दायित्व होइन र ? हामी अहिले विरुद्धमा लागेर हैन सहकार्य गरेर समाधानको खोजिमा लागि रहेका छौँ । मजदुरहरु लाई लखेटेर साइकल काट्ने तराजु लुट्ने कामहरु बन्द गर्न म तपाईको मिडिया मार्फत आग्रह गर्न चाहन्छु । यदि समझदारीमा आउदैनन भने हामी आफ्नो अधिकारको लागि अनेक उपाएहरुमा जान बाध्य हुनेछौं ।आफ्नो पार्टी भनेर मजदुर हरुमाथीको अन्याय हेरिरहन भने सकिँदैन यहीँ भन्न चाहन्छु । 

० बनेपा नगरपालिकाले दैनिक ब्यापार गरेर खाने मानिसहरु लाई लखेट्ने गरेको छ । यो अवस्थामा ट्रेड युनियन कांग्रेस के गर्दै छ ?
निकै मार्मिक र महत्त्वपूर्ण प्रश्न गर्नु भयो यो बिषयमा धेरै पटक छलफलहरु नभएको हैन तर वास्तविक पीडितले न्याय पाउन सकेका छैनन् । पुरानो राज्यको तरिका बदलिएको छैन भन्ने मेरो बुझाइ रहेको छ । किन कि नगर प्रहरी राखेर भनौ वा मजदुर लाई दमन गर्न मजदुर नै प्रयोग गर्छन । सडक बाट हटाएको भन्छन चोक चोकहरुमा हरेक घर वालाले सटरको छेउ बाहिर आधा बाटो छेकिने गरि समान राखेको अवस्था छ । हामी ट्रेड युनियनहरुको लागि चुनौती थपिएको महसुस गरेको छु । बनेपा नगर प्रमुखसँग समन्वय गरिरहेका छौँ । ठेला गाढाका मजदुरको व्यवस्थापनको लागि हामीले आवाज उठाउने हो । व्यवस्थापन र कार्यान्वयन गराउने स्थानीय तह छ । आश गरौं छिटै यसको सम्बोधन हुने छ । हामीले यसको लागि थप केही योजना बनाउदै गरेको कुरा यहाँ लाई जानकारी गराउन चाहान्छौ ।

 

० ट्रेड युनियन राजनीति भर्याङ मात्र भयो भन्छन नि ?
सबै यहीँ यस्तै भयो त भन्दिन तर कहिँ कतै यस्तो पनि भएको देखिन्छ । स्व. गिरीजाप्रसाद कोईरालाको नेतृत्वमा वि.सं २००३ सालमा मजदुरहरुले विराटनगर जुट मिलबाट मजदुर आन्दोलनको सुरुवात गरेका थिए । फल स्वरुप आन्दोलनले देशको प्रधानमन्त्री बनाउने ठाउँसम्म पुर्यायो र पनि सोचे झै श्रमिकलाई अचम्म केही हुन सकेन आज पनि बागमती प्रदेशको मुख्य मन्त्री ट्रेड युनियन आन्दोलनले स्थापित नेता हुनुहुन्छ । तर श्रमिक लक्षित कार्यक्रम देखिएको छैन । यो अवस्था हुँदा चाहिँ तपाईले भन्नू भएको जस्तै होकि झै लाग्छ तर हामिले हाम्रो शक्ति बुद्धि बिबेकले भ्याएसम्म यो अभियान लाई ब्यवस्थित मर्यादित गर्दै र श्रमिकहरुको अधिकार पेशागत हक, रोजगारीको सुरक्षाको बारेमा डटेर सामना गर्ने हाम्रो अभियान जारी रहन्छ यो कुरा बिश्वास दिलाउन चाहान्छु ।

० पार्टी संगठन बलियो बनाउन ट्रेड युनियन कांग्रेस बनेपाले के योजना बनाएको छ ?
मार्मिक प्रश्न सोध्नु भयो यहाँ लाई धन्यवाद वास्तवमा आज हामी निकै दुखित छौ र जोस जागरहरु कमजोर पार्ने काम बढिरहेको देखिन्छ । यो अवस्थामा पार्टी भित्र फुटको राजनीति नगरी सबै एउटै संगठन भित्र बादियर एक जुट भइ एक आपसमा सहकार्य गरि श्रमिकहरुको हितमा रहि अगाडी बढदा संगठन बलियो हुने र संगठन बलियोको कारणले पार्टी लाई पनि बलियो बनाउन सकिन्छ जस्तो लाग्छ ।

० तपाईंहरुको आगामी योजना ?
ट्रेड युनियन श्रमिक,कामदार कर्मचारीको एउटा सामाजिक संगठन हो । जसले आफ्ना सदस्यको पेसागत हित प्रर्वद्धन गर्ने, सदस्यको शारीरिक, मानसिक र पेसागत सुरक्षा गर्ने तथा अधिकार प्रयोगको संवद्र्धन गर्ने र श्रमिकहरुको हकहितको रक्षा,संवद्र्धन तथा उनिहरुको आर्थिक सामाजिक र पेशागत उन्नतीका लागी उपयुक्त वातावरण तयार गर्ने छौँ । यी कुराहरु लाई नै आधार बनायर श्रमिकको पक्षमा सदैव अग्रपंक्तिमा रहेर काम गर्ने योजना रहेको छ।

० अन्तमा के भन्न चाहनुहुन्छ ?
समग्रमा मेरो ब्यतिगत, सामाजिक र राजनैतिक जिवनको बारेमा र सम्पुर्ण बनेपाली श्रमिकको बारेमा चासो, चिन्ता लिई मलाई विचारहरु राख्ने अवसर दिनुभएकोमा तपाई र तपाई आवद्ध मिडिया नव क्षितिज साप्ताहिक परिवारलाई धन्यवाद दिन चाहन्छु । अरुको कुरा गरेर, अरुलाई गाली गरेर, सतिले सरापेको देश भनेर, पक्ष र विपक्षमा वहस चलाएर मात्रै देश बन्दैन, समाज बन्दैन, यसकारण सबै आफ्नो जिम्मेवारी अनुसार एक दिनको लागि माटो समायर कसम खाउ, सम्पुर्ण काम विना सर्त, विना आशा, विना झन्झट, विना पहुच गर्ने वातावरण सिर्जना गरौं । हामी कोही कसैले हरेक दिन केहिन केहि श्रम गरौंं, श्रमिकहरुको सम्मान गरौं, सकारात्मक सोच बोकौ, देश र समाज अवश्य बन्ने छ भन्न चाहान्छु ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..