नेपाली सङ्गीतको इतिहासमा लेखन, सङ्गीत र गायनको संयुक्तरूपमा प्रतियोगिता हुँदै आएको भएपनि विशुद्ध सङ्गीत प्रतियोगिता पहिलोपटक सम्पन्न भएको छ । नेपाली सङ्गीतको विकास र विस्तारको अभियानमा नेपालमा पहिलोपटक सङ्गीत प्रतियोगिता राजधानीमा एक समारोहबीच सम्पन्न भएको हो ।

प्रसाईसन इन्टरटेनमेन्टले आह्वान गरेको राष्ट्रव्यापी प्रसाईसन सङ्गीत प्रतियोगितामा देशभरीबाट २६ जना सङ्गीत विधाका प्रतिभाले भाग लिएका थिए । गीतकार, गजलकार चन्द्र प्रसाईं परिष्कृतको शब्दमा ‘म आफैँ रुझेकी जोवनले रुझायो…’ बोलको गीतमा उदयपुरका इन्द्र आर.पी., सङ्खुवासभाका केशव अधिकारी, चितवनका जी.बी. सुनार, सुनसरीका पासङ तामाङ र बाँकेका सुजन थारु रहनुभएको थियो ।

उत्कृष्ट पाँच मध्येका चितवनका जी.बी. सुनार प्रथम हुनुभएको छ । प्रतियोगितामा प्रथम हुनुभएका सङ्गीतकारलाई नगद ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियोे ।

समारोहमा गीतकार चन्द्र प्रसाईं ‘परिस्कृत’ले अमेरिकाबाट पठाएको भिडियो सन्देश प्रसारण गरिएको थियोे । उहाँले सबैलाई धन्यवाद दिँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । यो कार्यक्रमलाई वार्षिक रूपमा अगाडि बढाउने उहाँले बताउनुभयो ।

कार्यक्रमको निर्णायकमा वरिष्ठ गायक आनन्द कार्की, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ र लोकप्रिय गायिका प्राश्ना शाक्य रहनुभएको थियो ।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि, गीतकार दिनेश अधिकारी, विशिष्ट अतिथि पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र लेखक, निर्देशक मोहन निरौला, अग्रज पत्रकार तुलसी गिरि ‘भावुक’, सानुकाजी श्रेष्ठ, गीता अधिकारी, कलाकार उत्तम के.सी., चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुली, म्युजिक भिडियो निर्देशक समाजका उपाध्यक्ष देवेन्द्र पाण्डे, कवि, निर्देशक हेमप्रभास र निर्णायकहरू रहनुभएको थियो । तस्विर : सुरेन्द्र थापा ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..