होमप्रसाद चौंलागाँईं
आमा’, न भौतिक संरचना हो नत आद्युनिक मानिसले कुँदेको ढुंगाको मूर्ती । कहिल्यै मृत नहुने र रंगरोगन गर्नुनपर्ने देवीको साक्षत रुप हो– आमा’ । जसका बारेमा जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि त्यो अधुरै हुन्छ । हरेक सन्ततिलाई ९ महिनासम्म गर्भमा राखेर अनेक दुःखकष्ट सहँदै जन्माई, हुर्काई सक्षम बनाउने आमा साक्षात् सृष्टिकर्ता, ईश्वर हुन् । आमा ममताकी खानी, स्नेहकी सागर र वात्सल्यकी आकाश हुन् । सन्तानका लागि आमा धर्ती हुन्, माया र प्रेरणाकी प्रतिमूर्ति ।
सनातन धर्मले मातापिता लगायत मान्यजनको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउने कुरा अनादिकालदेखि चल्दै आएको छ । सबै सन्ततिलाई दैनिकरूपमा मातापिताको सेवासुश्रूषा गर्न सम्भव नहुने भएकाले त्यही पवित्र कर्मको वार्षिक उत्सवको रूपमा मातातीर्थ औंसी तथा कुशे औंसीलाई लिइने गरिन्छ । मातृ दिवस वा आमा दिवस आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिन हो । यो दिवस विश्वका धेरै देशहरूमा अलगअलग दिनमा आआनो परम्परा अनुसार मनाउने गरिन्छ । नेपालमा यो दिवस मातातीर्थ औंसीको दिनमा मनाइन्छ ।
यसरी हेर्दा माता भन्नेबित्तिकै हामी जन्म दिने आमालाई सम्झन्छौं । पालनपोषण गरेर हाम्रो जीवन बनाउने र सामाजिक संस्कारमा हुर्काएर शिक्षादिक्षा दिलाएर राम्रो बाटो देखाउने पहिलो गुरु नै आमा हुन् । एक संस्कृत ग्रन्थमा प्राणीहरूको लागि दुधपानसम्म भनेर मातालाई भनिएको छ । त्यस हिसाबले माता एक सौ शिक्षक समान हुन्छ ।
मातृ दिवस वा आमा दिवस आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिन हो । यो दिवस विश्वका विभिन्न देशहरूमा अलगअलग दिनमा आआनो परम्परा अनुसार मनाउने चलन चल्दै आएको छ । नेपालमा यो दिवस मातातीर्थ औंसीको दिनमा आज मनाइदैंछ ।
हाम्रो देश नेपालमा हिन्दु संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको रूपमा मनाउने गरिन्छ । धार्मिक मान्यता अनुसार यस पर्वको छुट्टाछुट्टै किम्वदन्तीहरू रहेको पाइए पनि यो दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न सन्तानहरू आमा भएको ठाउमा गएर आनो खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउछन् ।
आमा जीवित हुनेहरूले आमालाई मीठामीठा परिकार बनाएर खुवाउँछन् । लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्ने गर्छन् । आमा नहुनेहरू भने यस दिन काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जान्छन् । कुण्डमा स्नान गरेपछि आनो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि छ । उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भइ दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वासरहि आएको छ । मातातीर्थ कुण्ड पौराणिक एवम् धार्मिक तीर्थस्थल हो ।
जन्मदेखि मरणसम्म मातातीर्थ समान मानिन्छ । माता जननीकी शक्ति समान हुनुहुन्छ किनकी, उहाँ त्यागकी मूर्ति र हृदयमा कोमलता आकाशको जत्रो विशालता, धर्ती जस्तो सहनशीलता, पवित्रतानिर्मल हुनुहुन्छ । विश्वमा कोही पनि शास्त्र यस्तो छैन कि, माताको हृदय बराबर गर्न सक्दछ । मातृत्व यो जगतको सर्वश्रेष्ठ साधना हो, तप हो र मानवताकी महान् मूर्ति । माताको दया र क्षमताको भाव सधैं बगिरहेको हुन्छ । आना सन्तानलाई माताको प्रेरणा हरपल मिलिरहन्छ । जगतमा त्यो प्रेरणा कहिल्यै पनि पछि पर्दैन । कोही काम असम्भव हुँदैन । आमाको आशीर्वाद साथमा रही रहन्छ । मानव जातको उत्पत्तिको आधार आमा अर्थात माता हो । आमा नभएको भए सायद हामी यसरी यो धर्तीमा देखापर्ने नै थिएनौं ।
मातृत्वको सागर सधैं हामीमा छल्किरहन्छ । जगतको आधार माताको हृदयमा भरिरहेको हुन्छ । मातृत्व वेदना हृदय चिरेर आत्मालाई बोलाएर शान्तिको सन्देश दिइरहेको हुन्छ । कारण माता सत्यको सन्देश हो, सत्यको अन्त्य कहिल्यै पनि हुँदैन ।
माता छायाको प्रतिविम्व समग्र विश्वमा परेको हुन्छ । प्रकृतिको हर वस्तुमा मातृत्व झल्किएको हुन्छ । सूर्य पृथ्वीको माता हो, अनि त्यसको गर्मीले पृथ्वीलाई पोषण दिएको हुन्छ । सागरको संगीत र पन्छी, अनि झरनाको गीतले पृथ्वीलाई हँसाइ दिइएको हुन्छ । भुलाएर यताउता बसाइँ दिएको हुन्छ । धर्ती, वृक्ष र पूmलको माता हो, किनकि त्यसलाई जन्म दिन्छ, हुर्काउँछ र फूल त्यसको फलको बीजको माता हो, जो सबै अस्तित्वको प्रारम्भिक रूप हो, अनन्त आत्मा हो, सौन्दर्य हो र ईश्वर हो । ईश्वरलाई जो अत्यन्त प्रिय हुन्छ, त्यो ईश्वरको पूर्णत्व मातृत्व हो ।
हामीलाई कुनै देवीदेवता, तीर्थस्थान चाहिदैंन, आमाको न्यानो काख भए पुग्छ । त्यही काख मलाई स्वर्ग समान छ, मैले भगवान्लाई देखेको छैन, भगवान् समान मैले मेरी आमालाई पाएको छु । म त्यही आमाको न्यानो काखमा रमाउँदै अघि वढिरहें । बाल्यकालदेखि हालसम्म मैले मेरी आमाबाट उत्तिकै मायँ, स्नेहको साथमा अर्ती र उपदेश पाइरहेको छु । जब मानिस सत्यलाई छोडेर असत्यमा जान्छ, तब ऊ दुःखी हुन्छ । संसारमा जो सर्वोत्तम छ, सर्वश्रेष्ठ छ, उत्तोत्तम छ, त्यो नै मातृत्व हो ! जसले आनी आमाको मान, सम्मानका साथ पूजा गर्छ, त्यो कहिल्यै दुःखी रहदैंन ।
मा’ शब्दको उच्चारण नलिने सायद मानिस कमै होलान्, जसको आँखा नरसाएको होला, मानिसको ओठको सबैभन्दा सुन्दर शब्द हो मा’, माता ! मेरी मा भन्ने शब्दले आँखा रसाएर आउँछ, हृदय पग्लिन्छ । आमाको सम्झना आउँछ तर संसारको लिला अस्ताएको सूर्य कहाँ देख्नु, कहाँ बोल्नु र रुन मन लाग्छ । हाम्रो स्वर्गको कल्पना, त्यो कल्पना मात्र हुँदोरहेछ, साँचो कल्पना त माताको चरणमा हुन्छ, हामीले स्वर्ग देखेका छैनौं तर हाम्रो स्वर्ग माताको चरणमा लिप्त छ ।
गुरुको चरण छुनु भन्दा आमाको चरण छुनु चारधाम तीर्थ गर्नु समान हुन्छ । मान्छे धेरै जसो नास्तिक हुन्छन् । उनीहरू ईश्वरको अस्तित्व स्वीकार गर्दैनन् । उनीहरूका लागि माता अस्तित्व श्रद्धाको केन् हुनुहुन्छ । माताको रगत त्यो आनो रगत हो । माता त्यो आना नशानशामा बगेको रगतको अविरल लय हो । धर्ती माथिको सर्वोत्तम कविता हो । आना बालकलाई जस्तो संस्कार दिइन्छ र जस्तो कुरा सिकाइन्छ, बालक त्यस्तै बन्छ । यो सत्य कुरा हो । अबोध बालक काँचो माटो हो । त्यसलाई जस्तो बनायो, त्यो त्यस्तै बन्छ । नेपोलियन बोनापार्ट भन्छन्माता जगतको सर्वश्रेष्ठ पहिलो शिक्षक हो । माताको संस्कारबाट बालकको भाग्य बन्दछ । माताको हृदय नै बालकको पहिलो स्कूल हो ।
त्यति मात्र नभएर माताको हृदय सागर भन्दा गहिरो र आकाश भन्दा पनि उचो छ । जबसम्म चन्सूर्य रहन्छ, तबसम्म माताको न्यानो काख र न्यानो माया रही रहनेछ । आमाको मायाँ, प्रेम र स्नेहको बारेमा आज एक दिन चर्चा गरेर र फोटो पोष्ट गरेर पुग्दैन ।
मातातीर्थ औंसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजकोदिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, पाईला चाल्न ताते ताते गर्दै सिकाईन, गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन । देवीको प्रतिरुप अनि ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहने पुरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन छ । जय आमा, जय मातातीर्थ औंसी !

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..