काभ्रेपलान्चोक – भुम्लु गाउँपालिकाले वडा नम्बर २ सिम्थलीलाई एम्बुलेन्स प्रदान गरेको छ । गाउँपालिकाले नयाँ खरिद गरेको एम्बुलेन्स पालिका अध्यक्ष गुमानध्वज कुँवरले वडा नम्बर २ का वडाध्यक्ष कृष्ण कुमार कार्कीलाई हस्तान्तरण गर्नुभएको हो । सिम्थलीबाट सञ्चालन हुने गरि ०० २ झ ५८०४ नम्बरको एम्बुलेन्स गाउँपालिकाबाट प्राप्त भएको वडाध्यक्ष कार्कीले बताउनुभयो । सिम्थली भुम्लु गाउँपालिकाको सबैभन्दा दुर्गम वडाभित्र पर्दछ । – मिलिजुली खबर

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र