नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मौलिकताको अभाव भइ रहेका बेला सञ्चारकर्मी शरण हुमागाईंको मौलिक गीत ‘छुट्नै लाग्यो अरनिको बस’ बजारमा आएको छ । यात्राका क्रममा भेटिने अन्जान व्यक्तिसँग मायाको भाव व्यक्त गर्दै यात्रा तय गरेको कथाबस्तु समेटिएको उक्त गीतमा शरण हुमागाईं र मनु केसीको आवाज रहेको छ भने लय लिलाराज बाँनिया र शव्द गायक स्वयम हुमागाईंले लेखेका हुन् । संगीत संयोजन विष्णु तामाङ्गको रहेको यो गीत पारिजात नेपाल रेकडिङ्ग स्टुडियोमा कार्साङ लामाले रेकर्ड तथा अडियो सम्पादन हुन ।
सुमन्त बानियाको भिडियो निर्देशनमा तयार भएको यो गीतमा लिलाराज बाँनिया र मनिषा आचार्यको अभिनय रहेको छ । सन्तोष तिमल्सिनाको छांयाकन, सोभना बस्नेतको श्रृगार र राज धामीको भिडियो सम्पादन रहेको यो गीत शरण हुमागाई अफिसियल युट्युव च्यानलबाट बजारमा आएको हो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..