बनेपा – काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका १० का किसन पहरीको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खानीखोला गाउँपालिका ७ का ३१ वर्ष महेन्द्र घिसिङ रहेका छन् । भदौ २० गते राती भएको उक्त घटनामा संलग्न घिसिङको साथबाट एक थान धारिलो हतियार चक्कु पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ । पनौती नगरपालिका वडा नं ७ मा भिम थिङले संचालन गरेको होटलमा सामान्य विवाद हुँदा किसनलाई महेन्द्रले धारिलो हतियार प्रहार गरेका थिए । प्रहरीले होटल संचालक ४४ वर्षिय भिम थिङ सहित सो समयमा खाजा खान आउने र प्रत्यक्षदर्शी समेतलाई नियण्त्रणमा लिएर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरी खतिवडाले जानकारी दिए । महेन्द्रलाई प्रहरीले जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी हिरासतमा राखी अनुसन्धान गरिरहेको छ।चक्कु प्रहारबाट घाइते भएका किसनलाई उपचारका लागि धुलिलेख अस्पतालमा ल्याउदा सोही दिन राती ९ बजे अस्पतालले मृत घोषणा गरेका थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..