धुलिखेल – युवा विद्यार्थी नेता सुजन जङ रायमाझीले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरूसँग मनाएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला सचिवालय सदस्य एवम् खेलकुद बिभाग प्रमुख सुजन जंङ रायमाझीले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई नगदसहित सरसफाइको सामाग्री हस्तान्तरण गरेर बिहिवार आफ्नो जन्मदिन मनाएका हुन्। उनले नगद ११ हजार पाँच सय ५५ रुपैया सहयोग गरेका थिए।

उनले सेवा घरका अभियान्तालाई सरसफाइको सामग्रीहरु झण्डै पाँच हजार बराबर र नगद सहित सहयोग गरेका थिए। सामग्री बुझ्दै अभियान्ताले यस्ता सहयोगी कै कारण सेवा घर असाहयको साहारा बन्न सकेको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी युवा नेता नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रंजितकारले सार्वजनिक स्थलहरूमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरूको सेवा गर्न र विभिन्न फजुल खर्च कटाएर यस्तो पवित्र संस्थामा सहयोग गर्न समेत अनुरोध गरे।

कार्यक्रममा बनेपा नगरपालिका नगर उप-प्रमुख बिमला सापकोटा दाहालले यस्ता आश्रमहरुलाई सरकारले संरक्षण गर्नु पर्ने बताउदै नगर बाट पनि आफुले सकेको सहयोग गर्न बताए ।

सुजन जङ रायमाझीले जन्मदिनको अवसरमा साथिभाईसँग रमाइलो, पार्टी भन्दा पनि सेवा घरसँग जन्मदिन मनाउँदा आफूले छुट्टै प्रकारको सुखानुभुती महसुस गरेको बताए । ‘मैले बर्षै पिछे यसरिनै जन्मदिन मनाउदै आएको छु, यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको हुँ’, उनले भने ।

रायमाझीले नेकपा एमालेका जिल्ला स्तरीय नेता, बनेपा नगर कमिटीका नेता, राष्ट्रिय युवा संघ नेपालको केन्द्र प्रदेश जिल्ला र नगर कमिटीका नेता, समाजसेवीको साथमा सञ्चारकर्मीहरुसँग जन्मदिन मनाएका छन् । उपस्थितहरूले जन्मदिनमा गरेको कार्यको प्रशंसा गरेका थिए । सेवा घरमा अहिले ८५ जना असहायहरु रहेका छन ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly