

कुरसियाङ, डार्जिलिङका सैलाप देवान हाल नेपालमा सञ्चालित ठूलो रियालिटी शो ‘Acting Star’ का एक प्रतिभाशाली प्रतियोगी हुन्। अभिनय क्षेत्रमा आफूलाई स्थापित गर्ने ठूलो सपना बोकेका सैलाप यस कार्यक्रममा सहभागी भएका हुन्।


हालसम्म उनले निकै प्रभावशाली यात्रा गर्दै शीर्ष १० मा स्थान बनाउन सफल भएका छन्। पहिलो चरणमै उनले ‘Star of the Week’ र ‘Best Performance’ जस्ता उपाधि जित्नसमेत सफल भएका थिए। उनका अभिनयलाई निर्णायक मण्डलले मात्र नभई दर्शकहरूले पनि मन पराइरहेका छन्।

सैलापको अभिनयलाई Youtube च्यानल ‘Acting Star’ मा हेरेर दर्शकहरूले मतदान (Vote) गर्न सक्नेछन्।

नेपालबाट मतदान गर्न चाहनेहरूले ‘OSR Connect App’ डाउनलोड गरी सैलापको प्रोफाइलमा गएर मतदान गर्न सक्नेछन्। त्यस्तै विदेशमा रहेका नेपालीहरूले भने ‘Cinema Ghar App’ डाउनलोड गरी मतदान गर्न सक्ने आयोजकले जानकारी दिएको छ।